आघात्



‘यो तीजमा त जसरी भए पनि रानीहार बनाउनी हो ।’ विदेश गएको
लोग्नेसँग फोनमा भन्दै थिइन् अनिता ।
एउटा रोजगार दाताको भिसामा धेरै कामदार ल्याउँदा रैछन् । उदास हुँदै
रमेशले भन्यो– ‘सोचेजस्तो भएन सात महिना हुँदा पनि काम पाएको छैन ।’
‘सरकारी विद्यालयको जागिर छोडेर आएको पाप लागेको हो यार तँलाई’
दुखेको घाउमा नुन छर्किंदै थियो रमेशको साथी गोपालले ।
‘मनोबल बढाउनुपर्छ हतोत्साही नगराउनुस्, गोपालजी’ रमेशको अर्को
साथी हरिले सम्झायो ।
‘काम, दाम र सम्मानका लागि उत्तम गन्तव्य ठानेर आएको महिलाहरूको
लागि पो रहछे ।’ पश्चात्तापको आगोमा जल्दै रमेशले थप्यो ‘पुरुषलाई त
इजरायलमा काम पाउनै गाह्रो ।’
‘भिसा सकिन थाल्यो ! जुन अफिसमा गए पनि केटालाई काम छनै भन्छ ।
आएको ऋण नतिरी नेपाल फर्किन भएन समस्या सबैका उस्तै छन् । ए साँच्चै
तपाईंको बिटु भिसा अझै छ कि सकियो ?’ हरिले आफ्नो पीडा पोख्दै
रमेशसँग प्रश्न ग¥यो ।
‘सुस्त बोल्नुस् । भित्ताको पनि कान हुन्छ भन्छन् । कसैले सुनेर मामालाई
खबर ग¥यो भने ?’ राम्रोसँग ढोका लगाउनु, म एकछिनमा आउँछु ।’ फोन
कानमा लगाउँदै हरि बाहिर निस्क्यो ।
केहीबरेमा ढोकाको रिङ बज्यो । हरि होला भनी ढोका खोल्दा पुलिस
रहेछ । दोस्रो बिटु भिसा पनि सकिएकाले रमेशलाई भ्यानमा बस्ने इसारा गर्दै
हरिको हातमा ५ सय डलर थमाउँदै पुलिसले भन्दै थियो ‘स्याब्बास !’

प्रकाशित मिति : २०८० पुस २१ गते शनिबार