5 March 2021  |   शनिबार, फाल्गुन २२, २०७७

अन्तर्राष्ट्रिय खबर

८ करोड भारतीय व्यापारी आन्दोलनमा, भारत बन्दकाे घाेषणा

८ करोड भारतीय व्यापारी आन्दोलनमा, भारत बन्दकाे घाेषणा

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन १४, २०७७       |
काठमाण्डौ – भारतका व्यापारीहरुले 'भारत बन्द'को घोषणा गरेका छन् । ८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् । अखिल भारतीय व्यापारी सङ्घ (सीएआइका)को पहलम
भारतमा कोरोना खोप लगाएका ५२ जनाको स्वास्थ्य बिग्रियो, एकजनाको अवस्था गम्भीर

भारतमा कोरोना खोप लगाएका ५२ जनाको स्वास्थ्य बिग्रियो, एकजनाको अवस्था गम्भीर

    प्रकाशित मितिः आइतवार, माघ ४, २०७७       |
काठमाडौं । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ । भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो । राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थिय
अमेरिकामा हिमआँधी थामिएपछि…

अमेरिकामा हिमआँधी थामिएपछि…

    प्रकाशित मितिः शनिबार, पुस ४, २०७७       |
अमेरिका । अमेरिकाको उत्तरपूर्वी न्यू इंगल्याण्ड राज्यहरूमा बुधबार र बिहीबार भीषण हिमआँधी आयो । न्यूयोर्क र भर्मन्ट राज्यमा ४० इन्चसम्म हिउँ थुप्रिएको नेशनल वेदर सर्भिसले जनाएको छ । नेशनल वेदर सर्भिसका अनुसार म्यासाच्यूसेट्स राज्यमा १० देखि १४ इन्चसम्मको हिउँ थुप्रियो । थुप्रै फ्लाइटहरु रद्द भए भने बस्टन र प्रभिडेन्स रोड आइल्याण्डमा कोरोनाभाइरसका परीक्षणहरू पनि प्रभावित बन्न पुगेका थिए । हिमआँधी
भारतमा आन्दोलनरत किसानद्वारा भारत बन्दको घोषणा

भारतमा आन्दोलनरत किसानद्वारा भारत बन्दको घोषणा

    प्रकाशित मितिः शनिबार, मंसिर २०, २०७७       |
भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरूले बताएका छन् । किसानहरूका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिए । आफ्ना माग पूरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरि बन्द गराइने उनले बताए । कृषिसम्बन्
लकडाउनमा घर ज्वाई बसेका भिनाजुले साली भएपछि…

लकडाउनमा घर ज्वाई बसेका भिनाजुले साली भएपछि…

    प्रकाशित मितिः आइतवार, मंसिर १४, २०७७       |
एजेन्सी । कोरोनाका कारण लकडाउन भएपछि ससुराली बसेका एक व्यक्तिले सालीलाई भगाएका छन्। भारतको मध्य प्रदेशको विदिशा जिल्लामा यस्तै घटना भएको छ। नटेरनको पमारिया गाउँमा लकडाउनका कारण कम बन्द भएपछि ति व्यक्ति दुई महिनादेखि ससुरालीमा बसेका थिए। यहिबीचमा १७ वर्षिया सालीसँग ति व्यक्तिको प्रेम बसेको थियो। परिवार र उनकी पत्नीलाई उनीहरु नजिकिएको देखिपछि शंका भएको भए पनि उनले साली आफ्नो बहिनी जस्तो भएक
बालिका र महिलाको यौन भिडियो बेच्ने नाइकेलाई ४० वर्ष जेल !

बालिका र महिलाको यौन भिडियो बेच्ने नाइकेलाई ४० वर्ष जेल !

    प्रकाशित मितिः बिहिबार, मंसिर ११, २०७७       |
एजेन्सी ।  अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै दक्षिण कोरियामा एक युवकलाई अदालतले ४० वर्ष जेल सजाय सुनाएको छ। जो जू-बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडिओ पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा प्रेषित गर्ने गिरोह चलाएको अभियोग प्रमाणित भएको थियो। बिबिसीका अनुसार त्यस्ता च्याटरूम कम्तीमा १० हजार जनाले प्रयोग गरेका र त्यसका लागि प्रत्येक व्यक्तिले १
संक्रमण बढेसँगै अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्युको घोषणा

संक्रमण बढेसँगै अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्युको घोषणा

    प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७       |
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । यो राज्यमा कोरोना संक्रमण गत यसअघिको उत्कर्षमा पुगेको भन्दा पनि धेरै देखिएसँगै रात्रिकालीन कर्फ्युको घोषणा गरिएको हो । क्यालिफोर्नियामा घोषणा गरिएको कफ्र्यु स्थानीय समयअनुसार राति १० बजेदेखि सुरु हुनेछ र बिहान पाँच बजेसम्म जारी रहनेछ । यो घोषणा शनिबार रातिबाट नै कार्यान्वय
यूएईको कानूनमा व्यापक संशोधनः मद्यपान गर्न पाइने, अविवाहित जोडी सँगै बस्न सक्ने; प्रवासी खुसी

यूएईको कानूनमा व्यापक संशोधनः मद्यपान गर्न पाइने, अविवाहित जोडी सँगै बस्न सक्ने; प्रवासी खुसी

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २८, २०७७       |
एजेन्सी संयुक्त अरब इमिरेट्सले हालै आफ्ना नागरिक र आपराधिक कानूनमा केही व्यापक परिवर्तन गरेको छ । यहाँ ८४ लाखभन्दा बढी (सन् २०१८ मा भएको एक सर्वेक्षण अनुसार) व्यक्तिको बसोबास छ । यूएईका नागरिक र त्यहाँ बसिरहेका प्रवासीको जीवन थप सकारात्मक र अनुकूल बनाउनका लागि यो संशोधन गरिएको हो । संयुक्त अरबमा बस्ने प्रवासीको एउटा ठूलो संख्या दक्षिण एशियाको छ । यो संशोधन अनुसार जो विदेशमा बसिरहेका छन्,
लिटिल मिक्सका सदस्यले भने– हामीसँग यौन अनुभव छ

लिटिल मिक्सका सदस्यले भने– हामीसँग यौन अनुभव छ

    प्रकाशित मितिः बिहिबार, कार्तिक २७, २०७७       |
एजेन्सी। चर्चित महिला गायन समूह लिटिल मिक्स पछिल्ला दिन नयाँ गीत र म्युजिक भिडियोका कारण चर्चामा छन्। ‘स्वीट मेलोडी’ गीतका शब्द र भिडियोले उनीहरूलाई चर्चामा ल्याएको हो। गीतमा यौन भावना समेटिएको छ। लिटिल मिक्स सदस्यहरूले गीतमा व्यक्त गरेका भावना आफ्ना अनुभवमा आधारित रहेकोसमेत बताएका छन्। “हामी हाम्रो व्यक्तिगत अनुभवलाई लिएर गीत लेख्छौँ र रेकर्ड गर्छौँ,” लिटिल मिक्सकी सदस्य जेडले भनेकी छिन्
ब्ल्याकमेल गर्दथे डाक्टर, नर्सले मारेर पकाइन्ः दिइयो मृत्युदण्ड

ब्ल्याकमेल गर्दथे डाक्टर, नर्सले मारेर पकाइन्ः दिइयो मृत्युदण्ड

    प्रकाशित मितिः बुधबार, कार्तिक २६, २०७७       |
एजेन्सी । यौनसम्बन्ध स्थापित गर्नका लागि ब्ल्याकमेल गर्ने आफ्ना सहकर्मी डाक्टरलाई हत्या गरेर, टुक्राटुक्रा पारेर पकाउने नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ । चीनको स्थानीय मिडियालाई उद्धृत गर्दै मिररडटकमले बताए अनुसार २५ वर्षीया ली फेङ्गपिङ्ग आफू कार्यरत अस्पतालका अर्थोपेडिक्सका उप–प्रमुख लुओ युआनजियानसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य भएकी थिइन् । स्रोतका अनुसार नर्स लीलाई जुवाको अत्यधि
कास्मिरमा भिडन्त, अधिकृतसहित चार सैनिकको मृत्यु

कास्मिरमा भिडन्त, अधिकृतसहित चार सैनिकको मृत्यु

    प्रकाशित मितिः आइतवार, कार्तिक २३, २०७७       |
भारतको जम्मु-कस्मिरको लाइन अफ कन्ट्रोल(एलओसी)मा भारतीय सैनिकका अधिकृतसहित चार जना मारिएका छन्। आइतबार कुपवारा जिल्लामा भएको आतंवादीविरूद्धको अपरेशनमा गोलीबारी हुँदा चार जना सैनिक मारिएका हुन्। त्यस्तै तीन आतंकवादी समेत मारिएको एनडिटिभीले जनाएको छ। गोलीबारी आइतबार बिहान १ बजे सुरू भएको थियो। पेट्रोलिङमा खटिएका बोर्डर सेक्युरिटी फोर्स (बिएसएफ)का सैनिकहरूले एलओसीमा चहलपहल भएको चाल पाए। बिएसएफले
आफैलाई पेस्तोल ताकेर सेल्फी लिँदा गोली निस्कियो, छातीमा लागेर मृत्यु

आफैलाई पेस्तोल ताकेर सेल्फी लिँदा गोली निस्कियो, छातीमा लागेर मृत्यु

    प्रकाशित मितिः आइतवार, कार्तिक २३, २०७७       |
भारतको ग्रेटर नोइडामा एक युवकले आफैलाई पेस्तोल ताकेर सेल्फी लिन खोज्दा ज्यान गएको छ। भारतीय सञ्चार माध्यमका अनुसार  २२ वर्षीय सौरभ मावीले सेल्फी लिने क्रममा दुर्घटनाबस पेस्तोलको ट्रिगर तान्न पुगेका थिए र लोडेड पेस्तोलबाट गोली निस्केर उनको छातीमा लागेको थियो। प्रहरीका अनुसार मावी एक युवकका साथमा साथीको विवाहमा जाँदै थिए। उनलाई तत्कालै अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका