कोहलपुर ।
लुम्बिनी प्रदेशका उपसभामुख मेनुका केसी खाँडले सूचना पाउने र माग्ने अधिकार प्रत्येक नागरिकको रहेको बनाएकी छिन् । बाँकेको कोहलपुरमा सुशासनको लागि सूचनाको हक विषयक लुम्बिनी प्रदेशस्तरीय गोष्ठीको समापन गर्दै शनिबार उनले सो कुरा बताएकी
हुन् ।
सूचना हक नेपालको संविधानमा मौलिक हकको रूपमा रहेपनि अहिलेसम्म आमनागरिकसम्म पु¥याउन नसकेको उनले बताइन् । सूचनाको हक भनेको के हो ? यस भित्र कुन–कुन कुरा पर्दछन् भन्ने कुरा थाहा नहुँदा गरिबी र भष्ट्राचार बढ्दै गएको उनले दाबी गरिन् । ‘सुशासन र पारदर्शितामा सूचनाले टेवा पु¥याउने गर्छ, ‘उप सभामुख खाँडले भनिन्, ‘त्यसैले सूचना आमनागरिक तहसम्म पु¥याउन नसक्दा भष्ट्राचार बढ्दै गएको हो ।’
सरकारी निकायलाई जवाफदेही र पारदर्शिता बनाउन सूचना हक महत्वपूर्णको रहेको उनले बताइन् । देशमा सुशासनलाई स्थापित गर्न र भष्ट्राचार अन्त्य गर्न सूचनाको जानकारी आम नागरिकसम्म पु¥याउन आवश्यक रहेको उनले भनाई थियो ।
गोष्ठिमा सहभागि सांसदहरूलाई सूचनाको हकको र सुशासनको बारेमा स्थानीय तहसम्म गएर जनतालाई सुसुचित गराउनु कर्तव्य रहेको उनले बताइन् । दुई दिने गोष्ठिमा उपस्थित अर्थात् सहभागि भएर धेरै कुराहरू सिक्न र जान्न पाएको भन्दै राष्ट्रिय सूचना आयोगलाई धन्यवाद दिइन् ।
सुशासनका लागि सूचनाको हक विषयक लुम्बिनी प्रदेशस्तरीय दुई दिने गोष्ठीको समापन गर्दै राष्ट्रिय सूचना आयुक्त रत्नप्रसाद मैनालीले आयोगले गरेका काम र भएका समस्याहरू सांसदहरू माझ राखेर सहयोगको अपेक्षा गरेको बताए ।
अहिले सूचना आयोग जनशक्ति अभाव, आर्थिक अभाव लगायतका कारण सोचे अनुसार सूचनाको हक अधिकार नागरिकसम्म पु¥याउन मरिमेटी लागि परेको उनको भनाइ छ । लुम्बिनी प्रदेशका सांसदहरूमार्फत यस विषयमा प्रदेश सभामा नीतिगत छलफल र आम नागरिकसम्म सूचना पु¥याउन केही कदम चाल्ने अपेक्षा गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्