बुह्रान पढेपछिको मेरो निष्कर्ष ‘म कति भाग्यमानी सन्तान’



युजेन्स घिसिङ कक्षा १२ ‘लोबुचे’ डियरवाक सिफल स्कुल

बुह्रान महानन्द ढकालद्वारा रचित एउटा उपन्यास हो । उपन्यासमा थारू जातिका दुःख र सङ्घर्षको बारेमा राम्ररी बताइएको छ । उपन्यास पढ्ने मान्छेलाई बुह्रान मन नपर्ने कुरै हुँदैन भन्ने मेरो बुझाइ हो । बुह्रानको अर्थ पानीको छेउँमा भएको मलिलो जमिन हो । बुह्रान कथामा राम्रो जीवनको आशामा कसरी थारू जनजातिहरू पहाडबाट तराई झर्थे १ कसरी तिनीहरू पढ्न नपाएको कारणले गर्दा नै दुःख भोग्ने गर्थे १ भन्नेबारे एकदमै स्पष्ट रूपमा बताइएको छ । कुनै पनि किताब पढ्ने मान्छेलाई यो बुह्रानले रुवाउने नै छ ।

उपन्यासकी मुख्य पात्र निङ्मा हुन् । निङ्ममा एउटा एकदमै जिज्ञासु महिला पात्र हुन्, जसलाई अरुको मद्दत गर्न र आफ्नो मनमा उठेको प्रश्नको उत्तर जान्न सधैँ जिज्ञासा हुन्छ । मलाई सुरुसुरुमा यो बुह्रान पर्दाखेरि यो कथा कसको बारेमा हो रु केको बारेमा हो रु भन्ने खटपटन भइरहेको थियो । जब मैले बिस्तारै पढ्दै गएँ र यो बुह्रानका पानाहरू पल्टिदै गए, त्यही साथ मेरा आँखाबाट तपतप आँसु पनि झर्न थाले । जब म यो किताब पढ्दै थारूको भागमा पुगेँ । मलाई त्यतिबेला नै मनमा कुतूहत भइसकेको थियो ।

म जब माइला थारूको कथा पढ्दै थिएँ, त्यतिबेला नै मलाई योभन्दा नराम्रो त कुन पात्रलाई हुनसक्छ जस्तो लागेको थियो । जब मैले पार्वतीको कथा पढेँ मेरो आँखाबाट आँसुका बाढी कसैले रोक्न सकेनन् । यस्तो पनि मान्छेको जिन्दगी हुन्छ र रु के मान्छेको जिन्दगीमा यस्तो नै दुःख मात्र हुन्छ रु के यो कथा साँच्चिकैमा सत्य घटनामा आधारित हो रु के कोही मान्छे साँच्चिकै अभागी जन्मेर अभागी नै मर्छन् रु भने जस्ता प्रश्नका उत्तर मैले पार्वतीको कथा पढ्दा खोजिरहेको थिएँ ।

बुह्रानमा थारू समुदायको एकदमै राम्रो रूपमा व्याख्या भएको छ । थारूहरू कसरी बस्थे रु तिनले लगाउने पोसाक कस्तो थियो रु तिनीहरूले गाउने गीत कस्तो थियो रु भन्ने कुराको व्याख्या बुह्रानमा छ ।

पहाडी थारूले निङ्मालाई आफ्नो घरमा लग्छन्, त्यतिबेला पहाडी थारूको घर माटोले बनेको थियो । पहाडी थारूले बाँच्नको लागि अरूको खेतमा काम गर्ने र त्यसबाट आएको अन्न आधा त गर्ने चलन थियो । थारूहरूमा पढ्ने चलन भने थिएन ।

यस उपन्यासभरि पढाइको महत्त्वलाई एकदमै राम्रो रूपमा झल्काइएको छ । कसरी शिक्षा भएन भने मान्छेको जिन्दगी नै पीडाले मात्र सकिन्छ । यदि थारूहरूले पढ्न पाएको भए उनीहरूले आफ्नो जिन्दगीमा त्यति पीडा भोग्नु पर्दैन थियो होला ।

सायद पार्वतीले १३ वटा बच्चा जन्माउनु पर्दैन थियो होला । उनका बच्चाहरू सानै उमेरमा मर्ने थिएनन् होला । गरिबीको स्वरूप कतिसम्म भयानक रूप हुन सक्छ भन्ने कुरा यस उपन्यासमा प्रष्ट हुन्छ । उपन्यासमा एउटा कुराको कमी छ । र त्यो हो सुख । मैले पढेसम्म यस उपन्यासमा कुनै पनि पात्रले कुनै पनि समयमा सुख भन्ने कुरा अनुभव गर्न पाएका छैनन् । प्राय जस्तो पात्रहरूको जिन्दगी दुःखमै सुरु हुन्छ र दुःखमै सकिन्छ ।

बुह्रान पढ्दा मैले म कति सम्मको भाग्यमानी छु भन्ने कुरा अनुभव गर्न पाएँ । मैले राति के खानुपर्छ भन्ने कुराको पिर गर्नु पर्दैन । मैले लुगा कसरी धुनुपर्छ भन्ने कुराको पिर गर्नुपर्दैन । मैले भोलि खाना पाउँछु कि नाई भन्ने कुरा पनि पिर गर्नुपर्दैन किनभने मलाई थाहा छ कि मलाई मेरा आमाबुवाहरूले त्यो सबै कुरा प्रदान गर्नुहुन्छ तर कतिपय बच्चाहरूको भाग्यमा त्यति पनि लेखेको हुँदैन रहेछ। दुःखको यस्तो पनि रूप हुँदो रहेछ भन्ने कुरा मैले बुह्रानबाट नै थाहा पाएको हुँ । यदि कोही पनि मान्छे आफ्नो जीवनबाट सन्तुष्ट छैन भने उसले बुह्रानमा थारूहरूको दुःख देख्नुपर्छ । त्यसपश्चात् सायद नै कुनै मान्छे जन्मको लागि आफूलाई भाग्यमानी नठान्ला ।

हामीलाई पढाउने तेज गुरुले हामीलाई सधैँ भन्नुहुन्छ, “तिमीहरू संसारकै सबैभन्दा भाग्यमानी छोराछोरी हौ।” र त्यो कुराको अनुभव मैले यही बुह्रान पढ्दाखेरि पाएँ । यो उपन्यास मलाई अहिले पनि एउटा मन रचित कहानी मात्र लाग्छ किनभने मेरो मनले स्वीकार्नै सक्दैन कि कुनै एउटा पार्वती नामकी महिलाले सानैमा विहे गरेर १३ वटा बच्चा जन्माई र उसको जीवन पनि दुःखमै सकियो । सायद म अहिले त्यस्तो कुरा कहिले अनुभव नगरेको वा नदेखेको भएर नै होला मलाई पार्वतीको कथा कताकता पछ्याउन गाह्रो लाग्छ तर जे सत्य हो त्यो सत्य नै हो ।

निष्कर्षमा म बुह्रान एउटा पढ्नै पर्ने उपन्यास हो भन्छु । यो उपन्यास कुनै पनि व्यक्तिले जीवनमा एकचोटि पढ्नुपर्छ ताकि उनीहरूलाई थाहा होस् हामी कति सारो भाग्यमानी रहेछौँ भनेर । बुह्रानबाट मैले सिकेको कुरा नै यही नै हो । जीवन एकदमै सुन्दर कुरा हो र हामी यसमा सन्तुष्ट हुनुपर्छ । बुह्रान बढेपछि मेरो जिन्दगीलाई हेर्ने दृष्टिकोण बदलिएको छ। मैले अहिले कुराहरूलाई एउटा फरक ढङ्गले हेर्न खोज्छु । म अब कुराहरूलाई तिनीहरूको असली रूपमा हेर्छु ।

म अब कुराहरूलाई कोमलताको साथ हेर्छु भन्न मिल्छ । म आफ्नो जीवनको लागि भगवान्‌लाई र भगवान्‌भन्दा ठूला मेरा आमाबुवालाई धेरै धेरै धन्यवाद भन्छु । मेरो यो भनाइले नै तपाईँले थाहा पाउन सक्नुहुन्छ कि बुह्रान कस्तोसम्मको एउटा राम्रो उपन्यास हो । कुनै पनि कलाले यदि एउटा मान्छेलाई छुन सक्छ वा परिवर्तन गर्न सक्छ भने त्यो एउटा उत्कृष्ट कला हो । बुह्रान पढेपछिको मेरो निष्कर्ष ‘म कति भाग्यमानी सन्तान’ त्यसकारणले नै बुह्रान पनि एउटा उत्कृष्ट उपन्यास हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार