11 September 2024  |   बुधबार, भदौ २६, २०८१

समाचार

जानकीमा नयाँ प्रमुुख प्रशासकीय अधिकृतलाई स्वागत

जानकीमा नयाँ प्रमुुख प्रशासकीय अधिकृतलाई स्वागत

    प्रकाशित मितिः बुधबार, भदौ २६, २०८१       |
नेपालगन्ज । जानकी गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपालीलाई स्वागत गरेको छ । मंगलबार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा अध्यक्षहरू मो. रजा राई, राजकुमार कुर्मी, रमेशकुमार बर्मा, कार्यपालिका सदस्यहरू राम आचल धोवी, राजेन्द्र सिंह र कर्मचारीहरूले नेपालीलाई स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलको सरुवा भएपछि उनको ठाउँम
बर्दियाका स्थानीय तहलाई कोरियाले १ अर्ब बढी अनुदान दिँदै

बर्दियाका स्थानीय तहलाई कोरियाले १ अर्ब बढी अनुदान दिँदै

    प्रकाशित मितिः बुधबार, भदौ २६, २०८१       |
काठमाडौँ । कोरिया सरकारले समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयनका लागि ८ मिलियन डलर (झन्डै १ अर्ब ७ करोड रुपैयाँ) अनुदान सहायता दिने भएको छ । बर्दिया जिल्लामा सो परियोजना अगाडि बढाउने भएको हो । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बर्दियामा परियोजना अगाडि बढाउने सम्बन्धमा रेकर्ड अफ डिस्कसन (आरओडी) सम्झौता भइसकेको छ । सम्झौतामा कोरिया सरका
तथ्यमा आधारित भएर आलोचना गर्नुस् : मुख्यमन्त्री आचार्य

तथ्यमा आधारित भएर आलोचना गर्नुस् : मुख्यमन्त्री आचार्य

    प्रकाशित मितिः बुधबार, भदौ २६, २०८१       |
शिवु खनाल । दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रूपान्तरणका लागि निरन्तर खबरदारी गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा आयोजित मिडिया मन्थन तथा पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न सञ्चार क्षेत्रलाई अनुरोध गरे । ‘तथ्यम
मानिसको रिस सडकबीचका बिरुवामाथि !

मानिसको रिस सडकबीचका बिरुवामाथि !

    प्रकाशित मितिः बुधबार, भदौ २६, २०८१       |
सडकको बीच भागका रूखमा गाई बाँध्न नदिएको भन्दै कोहलपुर– १० रामनगरका स्थानीयले लक्ष्मीप्रसाद भुसालले १०/१२ वर्ष लगाएर हुर्काएका समीका बिरुवाहरू काटिदिएका हुन् । समीका बिरुवाहरू काटेपछि फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गणेश रावत । कोहलपुर । सोमबार राति १२ बजेकोे समयमा कोहलपुर बजार मस्त निद्रामा थियो । बजार सुनसानप्रायः थियो । नेपालगन्ज–कोहलपुर सडकखण्डमा सवारी साधनको आवत–जावत निकै
‘रावायण’ टोलीलाई नेपालगन्जमा भव्य स्वागत

‘रावायण’ टोलीलाई नेपालगन्जमा भव्य स्वागत

    प्रकाशित मितिः बुधबार, भदौ २६, २०८१       |
तीजको अवसर पारेर भदौ २१ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘रावायण’मा नायक पल शाह, पूजा शर्मा र प्रियंका कार्की र प्रमोद आग्रहरीको प्रमुख अभिनय रहेको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् भने चलचित्रमा श्याम अधिकारीको कथा, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । बाँके । नेपाली चलचित्र ‘रावायण’का अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई ब
हजुरबाको हत्या आरोपमा नाति पक्राउ

हजुरबाको हत्या आरोपमा नाति पक्राउ

    प्रकाशित मितिः बुधबार, भदौ २६, २०८१       |
दाङ । रोल्पामा हजुरबुबाको हत्या गरेको आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । सोमबार थवाङ गाउँपालिका–२ जाजरकोट टोलमा ७१ वर्षीय सारू रोकाको हत्या भएको थियो । उनको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत लामाले बताए । नाति रामकुमारले भरूवा बन्दुकको कुन्जाले टाउकोमा हिर्काएर हजुरबुबा सारूको हत्या
खुल्यो जग्गाको कित्ताकाट

खुल्यो जग्गाको कित्ताकाट

    प्रकाशित मितिः बुधबार, भदौ २६, २०८१       |
काठमाडौँ । जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट सरकारले फेरि खुलाएको छ । सरकारले भू–उपयोग नियमावली, २०८० संशोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै कित्ताकाट खुलाएको हो । देशभरका ७ सय ५३ पालिकामध्ये १ सय ३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ । पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता ६ सय २० पालिकामा कित्ताकाट रोकिएको थियो । सरकारल
महिलाको अपहरण र बेपत्ता पारेको आरोप लागेका वनमन्त्री कुर्मीले दिए राजीनामा

महिलाको अपहरण र बेपत्ता पारेको आरोप लागेका वनमन्त्री कुर्मीले दिए राजीनामा

    प्रकाशित मितिः बुधबार, भदौ २६, २०८१       |
बाँके । लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका उनले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएका हुन् । उनी बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित समेत हुन् । कुर्मीविरुद्ध कर्तव्य जान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । कांग्रेस सं
धार्मिक संवेदनशिलताप्रति बाँके प्रशासन असंवेदनशील

धार्मिक संवेदनशिलताप्रति बाँके प्रशासन असंवेदनशील

    प्रकाशित मितिः बुधबार, भदौ २६, २०८१       |
बाँकेका सहरीदेखि ग्रामीण क्षेत्रमा विभिन्न धार्मिक पर्व र उत्सवहरूमा सडक नै ढाकेर कार्यक्रमहरू गर्ने, ब्यानर र गेटहरू लगाउने गरिँदै आएको छ । नेपालगन्जको सदरलाइनमा त प्रायः चाडपर्वमा सडकमा बजार नै लाग्छ । यो नेपालगन्जको धेरै लामो समयदेखि चलिआएको प्रचलन जस्तै भएको बताइन्छ । तर, प्रशासनले भदौ २० गते बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार भन्दै स्थानीय तहहरूलाई पत्रमा लेख्यो, ‘धार्मिक द्वन्द्वसमेत
धमाधम घोषणा हुँदै दसैँ–तिहारलक्षित ग्राहक योजना

धमाधम घोषणा हुँदै दसैँ–तिहारलक्षित ग्राहक योजना

    प्रकाशित मितिः मङ्लबार, भदौ २५, २०८१       |
नेपालको चर्चित ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहार लक्षित अभियान, ‘मनैदेखि वाउ’ जारी गरेको छ । ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यास ब्याक र पक्का उपहारको साथ खुसी बाँड्ने उद्देश्यसहित यो योजना ल्याइएको कम्पनीले जनाएको छ । ‘मनैदेखि वाउ’ अभियानअन्तर्गत ग्राहकले ३१ हजार ५ सयसम्मको आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्नेछन् । कोहलपुर । विभिन्न कम्पनीहरूले दसैँ–त
२४ घन्टामै छुटे कांग्रेस सांसद केसी, छुटेपछि हेलिकोप्टर चार्टर गरेर काठमाडौँतिर

२४ घन्टामै छुटे कांग्रेस सांसद केसी, छुटेपछि हेलिकोप्टर चार्टर गरेर काठमाडौँतिर

    प्रकाशित मितिः मङ्लबार, भदौ २५, २०८१       |
बाँके । किर्ते मुद्दामा दोषी ठहर भई एक वर्ष कैद सजाय तोकिएका लुम्बिनी प्रदेशका कांग्रेसका सांसद धनबहादुर केसी (डीबी) कैद सजाय रकममा परिणत गरी २४ घन्टामै छुटेका छन् । सोमबार रुकुम पूर्वी जिल्ला अदालतका न्यायाधीश लोकबहादुर हमालको इजलासले सांसद केसीलाई १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर सजाय भुक्तान गर्न मिल्ने सुविधासहितको आदेश दिएको थियो । अदालतले तोकेको रकम बुझाएपछि सांसद केसी सोमबार एक दिनमै
खोलाले बगाउँदा दुईको मृत्यु

खोलाले बगाउँदा दुईको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, भदौ २५, २०८१       |
बाँके । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । वडा नम्बर ६ र ७ को सीमामा पर्ने रम्मा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलले जानकारी दिए । उनका अनुसार आइतबार राति खोलामा आएको बाढीले मोटरसाइकलमा सवार मुसिकोट नगरपालिका–४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की ३२ वर्षीया निर्मला