शिक्षा विधेयक सम्बन्धमा छलफल



बुटवल ।

प्रतिनिधि सभाअन्तर्गत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमुना माविमा छलफल कार्यक्रम गरेको छ । शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन गर्ने उद्देश्यले उक्त छलफल कार्यक्रम गरिएको हो ।

कार्यक्रममा समितिका सभापति अम्मरबहादुर थापा, सांसदहरू छविलाल विश्वकर्मा, रेखा शर्मा, तोसिमा कार्कीलगायतले शिक्षा विधेयकका सम्बन्धमा सहजीकरण गर्दै विभिन्न विषयमा आ–आफ्ना धारणा राखेका थिए । विद्यालयमा कार्यरत शिक्षक, अभिभावक, विद्यार्थीले आगामी दिनमा गर्नुपर्ने काम र आवश्यकताका सम्बन्धमा सुझाव राखेका थिए ।

कार्यक्रममा समितिका सदस्य–सचिव दशरथ धमला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुलप्रसाद लामिछाने, अभिभावक सुनिता पाण्डे, पत्रकार कृष्ण मल्ल, विद्यार्थी सर्वदा विश्वकर्मा, दिवस न्यौपानेलगायतले विभिन्न विषयमा छलफल गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार