म शैक्षिक क्षेत्रमा २०४२ सालदेखि जोडिएको हुँ । अहिलेसम्म पनि यही क्षेत्रमा क्रियाशील छुँ । सुरुमा अध्यापन गराउथेँ । प्राथमिक तहको शिक्षक पेसाबाट काम सुरु गरेँ । जागिरसँगै क्याम्पसमा अध्ययन गर्न थालेँ । उक्त तहको पढाइ सकेर निमावि र मावि तहको शिक्षक भएरसमेत काम गरेँ ।
करिब २०५३ सालसम्म अध्ययनमा सक्रिय भएँ । पछि लोकसेवा आयोग पास गरेर निजामति सेवामा प्रवेश गरेँ । विद्यालय निरीक्षकको रुपमा पनि काम गरेको छुँ ।
विभिन्न जिल्लामा शाखा अधिकृत, जिल्ला शिक्षा अधिकारी, ट्रेनिङ सेन्टरको प्रमुख, टे«नरको रुपमा काम गर्दै अहिले भने नेपालगन्ज उपमहानगरपालिकामा शिक्षा महाशाखा हेर्ने काम गरिरहेको छुँ । मैले यो क्षेत्रमा काम गर्न थालेको अलि लामै समय भयो । पछिल्लो समय हेर्दा शिक्षा क्षेत्र अलिकति अप्ठ्यारो अवस्थामा छ । संघीय शिक्षा ऐन बनेको छैन । संविधानले शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई पनि दिएको छ । तर, पनि त्यो व्यवस्थाअनुसार स्थानीय तहमा काम गर्न पाएको देखिँदैन । प्रदेशको खास काम के हो ?
संघको खास काम के हो भन्ने कुराको निश्चित भइसकेको छैन । कसले के काम गर्ने भन्ने स्पष्ट नीति, स्पष्ट ऐन नबनेकाले शिक्षा क्षेत्र अहिले अन्योलको अवस्थामा पुगेको छ । शिक्षा क्षेत्र निश्चित बाटो लिएर अघि बढ्न सकेको छैन । त्यसले स्थानीय तहमा पनि काम गर्न समस्या भइरहेको अवस्था छ । कुनै पनि निर्णय कार्यान्वयन तहमा समस्या देखिने गरेका छन् । संविधानले सम्पूर्ण अधिकार दिएको छ । त्यसै पनि यसका केही व्यवस्थापनका कुराहरु र प्रमाणीकरणका कुराहरु लिएको अवस्था छ । स्थानीय तहले अझै के काम गर्ने त ? अझै स्पष्ट भइसकेको छैन । नत्र स्थानीय तहले गर्ने काम भनेको अनुगमन, विद्यालय व्यवस्थापन, गुणस्तरीय शिक्षा, आधारभूत तहको स्तर प्रमाणीकरणलगायतका कुराहरु छन् ।
त्यसैले उसले आफूले गर्नुपर्ने जुन काम हो, उक्त काम गर्न पाइरहेको अवस्था छैन । यो कुरा पालिकाको नेतृत्वमा भर पर्ने अवस्था छ । नेतृत्वको आकांक्षाअनुसार काम गर्नुपर्ने बाध्यता छ । शिक्षा क्षेत्रमा राजनीति हाबी भएको देखिन्छ । बहुमत र अल्पमतका आधारमा निर्णय हुन्छ । यो राम्रो कुरा होइन । त्यसले गर्दा शिक्षा अझै पनि निश्चित गोरेटोमा अघि बढ्न सकेको छैन । हामी तमाम समस्याका बीचमा छौं । त्यति हुँदाहुँदै पनि नेपालगन्जमा हामीले त्यसबारे केही राम्रा काम गर्ने प्रयास गरेका छौं । हामीकहाँ तीन किसिमका विद्यालय छन् । नेपालगन्जमा शिक्षा क्षेत्रमा समेत विविधता छ । नेपालगन्जमा सामुदायिक, धार्मिक र संस्थागत विद्यालय छन् ।
ति विद्यालयलाई नियमन गर्ने, आवश्यक सहयोग गर्ने काम हामीले गरिरहेका छौं । नयाँ ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन गरेर सोहीअनुसार कार्यान्वयन भइरहेको अवस्था छ । अन्य कामहरुलाई हेर्ने हो भने जुन बालविकास केन्द्रबाट नै शिक्षालाई मजबुत गर्नुपर्छ भनेर हामी लागिरहेको अवस्था छ । यस्तै प्रअहरुलाई सशक्तिकरण गर्नुपर्छ भनेर हामी लागिरहेको अवस्था छ । भौतिक सुधार पनि क्रमशः गर्दैछौं । यस्तै संघ र प्रदेशबाट स्थानीय तहलाई दुई प्रकारको सहयोग हुन्छ । नेपालको सामुदायिक शिक्षा प्रणाली सुधार गर्नुपर्ने अवस्थामा छ । सोहीअनुसार शिक्षा प्रणाली सुधार गर्नुपर्ने आवश्यकता छ । सोहीअनुसार तीनवटै तहका सरकार मिलेर अघि बढ्नुपर्ने आवश्यकता मैले देखेको छुँ । त्यसमा सामुदायिक शिक्षा सुधार गर्नुेपर्ने अवस्था छ ।
यसमा गुणस्तर पनि सुधार गर्नको हामीले अझैदेखि नै सुरुवात गर्नुपर्छ । अहिले यसो हेर्दा अंकलाई गुणस्तर मान्ने गरेको देखिन्छ । अंकलाई मात्रै गुणस्तर मान्ने की नमान्ने भन्ने कुरा बहसमा छ । अंकले जीवनका लागि आवश्यक पर्ने सैद्धान्तिक कुरा कत्तिको सिकाएको छ भन्ने हो । त्यसलाई पनि एक पाटोबाट हेर्नुर्छ । अंक ल्याउने हिसाबले संस्थागत विद्यालयहरुले राम्रो अंक ल्याएको देखिन्छ । जीवनका लागि आवश्यक पर्ने सीपहरु सिकाउन चाहिँ सामुदायिक विद्यालयहरु अघि छन् । अर्कोतिर सामुदायिक विद्यालयमा आउने विद्यार्थीहरुका कम आर्थिक अवस्थाका छन् । उनीहरु नियमित विद्यालय आउँदैनन् ।
उनीहरुले खास सिक्ने अवस्था छ । संस्थागत विद्यालय जानेहरु संस्थागत परिवारका छन् । उनीहरु नियमित स्कुल जान्छन् र राम्रोसँग सिक्छन् । यसमा अब शिक्षालाई समान बनाउनुपर्छ भन्ने कुरा छ । अब शिक्षा नीति बनाउँदा समुदायको अवस्थालाई हेर्नुपर्ने भएको छ । जहाँसम्म राम्रो विद्यालय छनोटको कुरा छ, यसमा अभिभावकको भूमिका सबैभन्दा महŒवपूर्ण देख्छुँ । आफ्ना बालबच्चाको भविष्यका लागि अभिभावकहरुले यसमा धेरै ध्यान दिनुपर्ने देखिन्छ । भौतिकरुपमा मात्रै राम्रो भएर हुँदैन । त्यहाँ समग्र अवस्था के छ भनेर बुझ्नुपर्छ । शैक्षिक क्रियाकलापको अवस्था, जनशक्ति कस्ता छन् । प्रयोगात्मक शिक्षा पढाइ हुन्छ की हुँदैन भन्ने कुरा पनि बुझ्नुपर्छ । बेलाबेलामा विभिन्न गतिविधि हुने, अतिरिक्त क्रियाकलाप हुने विद्यालय रोज्नुपर्छ ।
शिक्षा भनेको अपरिहार्य कुरा हो । अहिलेका बालबालिका भोलिका कर्णदार हुन् । देश विकासका मेरुदण्ड हुन् । उनीहरुलाई राम्रो शिक्षा प्रदान गर्नुपर्छ । बालबालिकालाई सिक्ने उपयुक्त वातावरण दिन सक्नुपर्छ । यसमा अभिभावक, परिवार, समाज, विद्यालय र सरकार सबैको भूमिका रहन्छ ।
(नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका नगर शिक्षा अधिकारी (उपसचिव) गोर्खबहादुर थापासँग मिसनकर्मी शुभाकर विश्वकर्माले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया दिनुहोस्