गौडेलले पार्टी सभापति भएपछि २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस जिल्लाभर विजयी भयो । गौडेलले बाँके जिल्लाभरि नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाए । पार्टीको रक्तसञ्चार प्रणालीलाई उनले चलायमान बनाएका छन् । गौडेलको नेतृत्वमा बाँके कांग्रेसले तीव्र गति लिइरहेको छ ।
रामबहादुर रावत ।
आँखामा चस्मा । काँधमा गम्छा हालेका । शिरमा ढाका टोपी कहिल्यै नछुट्ने । सर्ट, पेन्ट र स्टकोट लगाएका । सादगी जीवनको पर्यायवाची व्यक्तित्व । हो, नारायण प्रसाद गौडेलको बाहिरी हुलिया प्रायः यही हो । नारायण प्रसाद गौडेल लामो समयदेखि बाँकेको राजनीतिमा चिनिएको नाम हो । गौडेल नेपालको प्रजातान्त्रिक धारको राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
गौडेल नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट बाँके जिल्ला सभापतिमा निर्वाचन भएका हुन् । नेपाली कांग्रेस बाँकेको १३औँ महाधिवेशनबाट सभापति पदमा भएको निर्वाचनमा तेस्रो भएका गौडेल १४औँ महाधिवेशनबाट भने नेपाली कांग्रेस बाँके पार्टी सभापतिमा निर्वाचित भएका हुन् । बाँके कांग्रेसमा यसअघि धेरैले नेतृत्व सम्हालिसकेका छन् । तर गौडेलको नेतृत्व बाँके कांग्रेसका लागि विशेष देखिएको छ । गौडेलका आफ्नै खाले खास विशेषताका कारण त्यसको लाभ समग्र पार्टीले उठाउन पाएको छ ।
२०७२ सालमा नेपालमा नयाँ संविधान जारी भएपछि देश संघीय संरचनामा गयो । अधिकार निक्षेपणसहित तीन तहका सरकार निर्माण भए । गौडेलले पार्टी सभापति भएपछि २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस जिल्लाभर विजयी भयो । गौडेलले बाँके जिल्लाभरि नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाए । पार्टीको रक्तसञ्चार प्रणालीलाई उनले चलायमान बनाएका छन् ।
गौडेलको नेतृत्वमा बाँके कांग्रेसले तीव्र गति लिइरहेको छ । यही कारण पनि स्थानीय चुनावमा कांग्रेसले जिल्लाभरि सबैतिर झन्डा गाड्न सफल भएको हो भन्ने कुरामा दुईमत छैन । गौडेल एक जना सादा जीवनशैली अपनाउने सुविचारित व्यक्ति हुन् । उनीमा कुनै बडप्पन वा तडकभडक छैन । उनलाई जसले पनि जतिबेला पनि भेट्न सक्छ, समय लिइरहनु पर्दैन । जनताले गौडेललाई फोन गर्नासाथ उनी सहजै उपलब्ध हुन्छन् । जनताका पीरमर्का सुन्नु र समाधानका लागि सम्बन्धित कार्यालयसम्म पुग्नु उनको दैनिकीजस्तै बनेको छ ।
बाँकेका सबै स्थानीय तहका सबै वडामा उनी पुग्ने गरेका छन् । आफू बाँकेका हरेक वडा र गाउँटोलसम्म पुगेको उनी बताउँछन् । मोटरसाइलमै बाँके जिल्लाका सबै वडा घुमेको उनको भनाइ छ । बाँकेको भूगोल, जनताको अवस्था र यहाँको विकासका सम्भावनाहरूलाई उनले आफ्नै आँखाहरूले पर्गेलेका छन् ।
अर्कातिर पार्टी संगठन निर्माणका लागि पनि उनी कुशल चालकजस्ता भएका छन् । उनले पार्टी संगठनको गाडी यसरी चलाए कि त्यसको प्रभाव तत्काल स्थानीय तहको निर्वाचन २०७९ मा देखियो । बाँके जिल्लाका प्रायः सबै पालिकामा नेपाली कांग्रेसले झन्डा फहराउन सफल भएको छ ।
कांग्रेससँगको गठबन्धनमा खजुरामा नेकपा माओवादी केन्द्रले अध्यक्ष जिते पनि उपाध्यक्षसहित आफ्नो भागमा परेको वडाहरू कांग्रेसले नै प्राप्त गरेको छ । त्यस्तै, नरैनापुरमा अध्यक्ष र उपाध्यक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालले जिते पनि बहुमत नेपाली कांग्रेलले नै प्राप्त गर्न सकेको छ । बाँकेका आठमध्ये दुई पालिकामा नेतृत्व अन्य दलको भए पनि समग्रमा नेपाली कांग्रेसकै बहुमत रहेको अवस्था छ ।
यो सबै गौडेलको नेतृत्वमा पार्टीले लिएको रणनीतिकै उपज हो । यस क्षेत्रका जनताको विश्वास आर्जन गरी पार्टीलाई स्थानीय तहमा निर्वाचित गराउन उनी सफल भएका हुन् । उनले आफ्नै पार्टीभित्र देखिएका असन्तुष्टिहरूको व्यवस्थापन गर्दै सबै समूहका नेताहरूलाई मिलाए । सबैको अपनत्व गराए ।
सबैलाई सँगै लिएर अगाडि बढे । नेतालाई सम्मान गरे । कार्यकर्ताको प्रिय नेता भए । स्थानीय चुनावमात्र होइन, अन्य सामाजिक संघसंस्था, व्यापारीक संस्थाहरूमा समेत कांग्रेस समर्थककै नेतृत्व चयन हुने क्रम बढेको छ । बाँके कांग्रस पार्टीमा अभूतपूर्व एकता देखिन थालेको छ । पार्टीभित्र देखिएको यो एकता पार्टी केन्द्रका लागि पनि अनुकरणीय बन्न सक्छ ।
गौडेलले बाँके जिल्लामा कांग्रेसप्रति जनताको मनमा आशा जगाए । कांग्रेसको ऊर्जालाई व्यवस्थित बनाए र सही समयमा सही व्यक्ति, सही ठाउँ छनौट गर्ने हिम्मत गरे । कांग्रेसले बाँकेका प्रत्येक वडादेखि स्थानीय तहसम्म सानदार इन्ट्री ग¥यो ।
कांग्रेसलाई इन्ट्री गराउनका लागि नारायण प्रसाद गौडेलले बन्द भएका केही ढोका खोले । ढोकामात्र खोलेनन्, स्थानीय तहमा सानदार रूपमा नेताहरूलाई विजयी गराएर देखाए । असाधारण क्षमताका साधारण व्यक्ति हुन् गौडेल । गौडेल स्पष्ट बोल्छन् । सक्ने काम सक्छु भन्छन्, नसक्ने काम सक्दिनँ भन्छन् । उनको क्षमता जानेका बुझेका मानिस भन्छन् उनी जनताको प्रिय नेता हुन् भने संगठन निर्माणका चालक ।
गौडेलले सुस्ताएको कांग्रेसमा ऊर्जा भरिदिएका छन् । जनताप्रति भरोसायोग्य कांग्रेस बन्न सक्ने गौडेलकै नेतृत्वले बाँकेबाट देशभरि सन्देश दिएको छ । उनको नेतृत्वदायी क्षमताभित्र सबै अट्न सक्ने वातावरण निर्माण भएको छ । इतिहासमा सायद पहिलो पटक होला बाँके जिल्लाका प्रत्येक वडा र टोलबाटै कांग्रेसलाई यति धेरै विश्वास गरिएको ।
आज बाँके जिल्लाको विकास र समृद्धिको यात्राको नेतृत्व यो वा त्यो रूपमा गौडेलले गरिरहेका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताप्रति उत्तरदायी बनाउन र जनताले दिएको अभिमतलाई सम्मान गरी जनताको पक्षमा काम गर्न उनले जनप्रतिनिधिहरूलाई निर्देशन, मार्गदर्शन गरिरहेका छन् ।
पार्टीको नीति, विधि र पद्धतिभन्दा बाहिर गएका पार्टीका कार्यकर्ताहरूलाई नियमानुसार दण्डित गरी सुसंस्कृत कांग्रेस निर्माणको संकल्पित यात्रामा उनी छन् । उनी जनताप्रति समर्पित छन् । जनतालाई सहज रूपमा सेवा प्रदान गर्न पार्टीको तर्फबाट विभिन्न चरणको यात्रा तय गरिरहेका छन् ।
सामान्यतया नेतृत्व भन्नाले संगठनका लक्ष्य र उद्देश्य पूरा गर्नका लागि गरिने कार्य हो । आफ्ना अनुनायीहरूलाई प्रभावित बनाई आफ्नो पक्षमा विश्वास आर्जन गर्ने कार्य नै नेतृत्व हो । नेतृत्वले नेता जन्माउँछ । नेता हुन नेतृत्वका गुण हुन आवश्यक हुन्छ । नेता जनताको हुनुपर्छ । नेता आफ्नो संगठनप्रतिको इमादार अगुवा हो । नेता जवाफदेहिता, उत्प्रेरक, मागदर्शक हो । नेता समाज र राष्ट्र परिवर्तनको अगुवा हो ।
नेता एउटा संकल्प, विश्वास र आत्मसम्मान हो । गौडेल पार्टीका संकल्पकर्ता, संगठक र जनताको भरोसा हुन् । गौडेल पारदर्शी र उत्प्रेरक हुन् । बाँके जिल्लाभित्र कांग्रेसलाई जनतासँग जोड्ने सूत्रधार पनि उनै हुन् । आमकार्यकर्ताको नेतृत्वकर्ताका रूपमा नेतृत्वदायी भूमिका खेलिरहेका गौडेलले आफ्नो अभिभावकीय भूकिका बिर्सिएका छैनन् ।

नारायण प्रसाद गौडेल
बाँकेको कांग्रेसमा गौडेल जस्ता त्यागी नेता कमै मात्रामा छन् । उनी भुइँमान्छे हुन् । त्यसैले उनी आफूजस्तै भुइँमान्छेका भावना बुझ्छन् र सोहीअनुसारको नेतृत्व प्रदान गरिरहेका छन् । पार्टीका नेताहरूलाई उचित रूपमा व्यवस्थापन गरी जनतासँग पार्टीका नीति तथा कार्यक्रमहरूलाई जोडिरहेका छन् । नेताका रूपमा उनी प्रष्ट छन् भने नेतृत्वका रूपमा उनी प्रजातान्त्रिक छन् ।
नेपाली कांग्रेस बाँकेको अभिभावकीय नेतृत्वका रूपमा आफूलाई प्रमाणित गरिसकेका छन् । गौडेल नेता र नेतृत्व दुई पक्षका गुण भएका व्यक्ति र नेता हुन् । कोहलपुर निवासी गौडेल पार्टी राजनीतिमा अविच्छिन्न सक्रिय नेता हुन् । उनले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह–सचिव, केन्द्रीय संगठन विभाग सदस्य, महासमिति सदस्य र जिल्ला पार्टी सभापति पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका छन् ।
२०६१ सालमै क्षेत्रीय सभापति बनेका गौडेलसँग जिल्ला कार्यसमितिमा सहसचिव भएको अनुभव पनि छ । उनी २०५९ मा बाँके कांग्रेसको सहसचिव बनेका थिए । उनी २०५६ सालमै क्षेत्र नम्बर १ को प्रचारप्रसार समितिको सदस्य थिए । २०३६ सालदेखि साधारण सदस्यका रूपमा रहेका गौडेल २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । नेपाल तरुण दल कोहलपुरका संस्थापक उनी १२औँ महाधिवेशनबाट २०६७ सालमा केन्द्रीय संगठन विभाग सदस्य पनि बनेका थिए ।
नेपाली कांग्रेस बाँकेको शिक्षा विभाग प्रमुख बनेर काम गरेका गौडेल सामाजिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् । उनी नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको सभापति र बाँके शाखा सदस्य पनि भए । यस्तै ज्ञानोदय सामुदायिक पुस्तकालयका संस्थापक सदस्य उनी कोहलपुर बसपार्क सुधार समितिको अध्यक्षसमेत भए । कोहलपुर एफएमको सञ्चालक सदस्यका रूपमा रहँदै सञ्चार क्षेत्रमा पनि योगदान पु¥याएका गौडेलले दिब्य विद्या सदन माविको अध्यक्ष भएर पनि काम गरेका छन् ।
उनी बाँके क्षेत्र नं. १ (ख)को प्रदेश सभा सदस्यको निर्वाचन २०७४ मा उपबिजेता भएका हुन् । अब गौडेललाई यस क्षेत्रका जनताले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा रूपमा देख्न चाहेका छन् । गौडेल जस्ता इमानदार, जवाफदेही र जनताप्रति समर्पित व्यक्तिलाई बाँके क्षेत्र नं. १ का जनताले प्रतिनिधि सभा सदस्यमा रूपमा निर्वाचित गराउन चाहन्छन् ।
पार्टी संगठन निर्माणकर्ताका रूपमा रहेका गौडेल जनताको भरोसायोग्य र विकासको निर्माणका संवाहकका रूपमा रहनेछन् । पार्टी र जनताले गौडेलको ऊर्जावान क्षमताको उच्च मूल्यांकन गरी जनताको सेवामा समर्पित हुन जनादेश प्राप्त हुनेमा विश्वस्त हुन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्