22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

‘तीजको मौलिकता मासिन नदिउ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७६  

कोहलपुर ।

नेपाली नारीहरुको महान पर्वको तीजको मौलिकता मासिन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । समय र प्रविधिको विकाससँगैतिजका मौलिकता माथि प्रहार हुने लक्षण देखा परेको भन्दै पहिचान जोगाउन आवश्यक रहेकोमा जोड दिएका हुन् । कोहलपुरमा सम्पन्न एक तिज विषेश कार्यक्रमका सहभागि सरोकारवालाहरुले तिजलाई तडकभडक र भड्किलो रुपमा मनाउन नहुनेमा जोड दिनुपर्ने उनीहरुको भनाई रहेको छ । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी चौधरीले तिजको मौलिकपन हराउँदै गएको बताइन् ।‘तिजको मौलिकता मासिन नदिउ’ उनले भनिन्,‘तिजको परम्परा र शैली जोगाउने कर्तव्य हाम्रै हो ।’

उनका अनुसार तिज महिलाहरको जमघट हुने रमाईलो गर्ने अवसरमा पनि हो । तर रमाईलोका नाममा रेष्टुरेष्टमा दर पार्टी गर्ने, गहना प्रदर्शन गर्ने काम गर्न नहुने उनको भनाइ छ । तिजमा अरुको सिको गर्नेभन्दा पनि आफ्नो आर्थिक हैसियत अनुसार सिमित रुपमा मनाउनु पर्नेमा जोड दिइन् । यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ गायक कमल वि.के. निर्मोहीका अनुसर विगत र अहिलेको तिजमा निकै फरकपन देखा पर्न थालेको छ । नेपाली समाजमा तिजमा विषेश रुपमा पर्वको रुपमा लिने गरेको भन्दै प्रविधि विकासको चरणसँगै केही फरकपन देखिने भएपनि मौलिकता जोगाउन ध्यान दिनुपर्ने उनको भनाई छ ।

तिज गित समेत अश्लिल्ता फैलाउने खालका आउने गरेकोमा उनले गुनासो पोखे । ‘ तिज गितले पनि मौलिकता हराउने चिन्ता बढेको छ, उनले भने,‘ यसको संरक्षण गर्ने जिम्मा सबैको हो ।’ त्यसलै त्यसतर्फ ध्यानै पर्ने उनको भनाई छ । सौन्द्रय तथा व्यवसायी संघ कोहलपुरका अध्यक्ष पुर्णिमा पौडेलले गहना प्रदर्शन, तडकभडक, बढि खर्जिलो रुपमा तिजलाई नमनाउन आग्रह गरिन् ।

उनका अनुसार तिज महिलाहरुको पर्व भएकोले संरक्षण गर्ने र मौलिकता हराउन नदिने पहिलो जिम्मेवारी महिलाहरु कै हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका महिला उद्यमी समितिका अध्यक्ष अशोका के.सी.ले सबै महिलाहरुको जमघट, सद्भाव र शुभकामना आदान प्रदान गर्नको लागि उद्यमी भेला तथा तिज विषेश कार्यक्रमको आयोजना गरिएको जानकारी दिईन् । अध्यक्ष केसीका अनुसार तिजका नाममा विकृति निम्त्याउनेहरुलाई पाठ सिकाउने कार्यक्रमको उद्देश्य हो । महिला उद्यमी भेला तथा तिज विषेश कार्यक्रममा महासंघसँग आवद्ध महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७६     8:31:57 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *