कोहलपुर ।
कोहलपुर–११ दशबिघास्थित होटल ट्री टप हेभन प्राइभेट लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । पश्चिम नेपालका बाह्य तथा आन्तरिक पर्यटनलाई लक्षित गरेर खुलेको होटल ट्री टप हेभनले उत्साहपूर्ण रुपमा तेस्रो वर्ष प्रवेश गरेको हो । आइतबार दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्ष प्रवेश गरेको अवसरमा केक काटेर खुसीलायी साटेर उत्सव मनाइएको हो ।

उक्त अवसरमा बोल्दै होटलका सञ्चालक निरज चलाउनेले २०८० असार २९ गतेका दिनबाट सेवा शुभारम्भ गरेको जानकारी दिए । विगत दुई वर्षदेखि कोहलपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गुणस्तरीय सेवा प्रदान गरेको उनले बताए । आगामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिँदै उपभोक्तामैत्री बनाउन लागिपरेको जानकारी दिए ।

होटलसँग जोडिएका कर्मचारीको अथाह मिहिनेत र लगनशीलताले तेस्रो वर्षसम्म पु¥याउन सहयोग गरेको उनको भनाइ छ । होलट तेस्रो वर्ष प्रवेश गरेकै दिन खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य स्वच्छता स्तर ‘क’ वर्ग अतिउत्तम प्रमाणपत्र प्रदान गरेको होटलका जनरल म्यानेजर तिलक शाहीले जानकारी दिए । दुई वर्षसम्म ग्राहकले दिएको माया र सद्भावलाई संगाल्दै आगामी दिनहरुमा थप ग्राहकमैत्री भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।









प्रतिक्रिया दिनुहोस्