बाँसगढीमा पहिलोपटक शान्तारानीको प्रस्तुति



मधुर पौडेल । बाँसगढी ।

बर्दियाको बाँसगढीमा जारी ‘प्रथम थारू कृषि, पर्यटन, सांस्कृतिक, मेला तथा बर्दिया माघ महोत्सव–२०८१’ मा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति सुरु भएको छ ।

थारू कल्याणकारिणी सभा बाँसगढी, बर्दियाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको बर्दिया माघ महोत्सव–२०८१ मा कलाकारहरूले प्रस्तुुति दिन सुरु गरेका हुन् । महोत्सवको दोस्रो दिन पछिल्लो समयको चर्चित गीत ‘म त ढलेँ ढलेँ’ गीतकी गायिका शान्तारानी परियारले धमाकेदार प्रस्तुति दिइन् ।

उक्त अवसरमा उनले म त ढलेँ ढलेँ, फूलमाया र पञ्चेबाजालगायका गीत प्रस्तुत गरेकी थिइन् । उनले गीत गाउँदा दर्शकहरूले निकै साथ दिएका थिए । गायिका परियारले बाँसगढीमा पहिलोपटक आएको भन्दै दर्शकहरूको मायाले आफूलाई उत्साहित बनाएको बताएकी थिइन् ।

युवा पुस्तामा निकै रुचाइएका गायक एमटी महरले समेत जोडदार प्रस्तुति दिए । गायिका सदिक्षा चौधरीलेसमेत दर्शकको मन जितिन । उनले आफ्नो मातृभाषा तथा नेपाली भाषाका गीत गाएकी थिइन् ।

महोत्सवको तेस्रो दिन आज गायक पुस्कल शर्मा, गायिका ईब्सल सन्ज्याल, गायक कृष्ण रेउले र मोडेल करिश्मा शाही ठकुरीको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

महोत्सवको शनिबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक समारोहका बीच उद्घाटन गरेका थिए । ‘थारू सांस्कृतिक संरक्षण र प्रवद्र्धन कृषि, पर्यटन, लघु, उद्यम, विकास र समुन्नति हामी सबैको अभियान’ भन्ने मूल नारासहित सुरु हुन लागेको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २९ गते सोमबार