सुदूरपश्चिममा दुई विधेयक प्रमाणीकरण



धनगढी ।

सुदूरपश्चिम प्रदेशमा दुई विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आइतबार ‘आर्थिक वर्ष २०८२–०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएर शुक्रबार प्रमाणीकरणका लागि आएको विधेयक आवश्यक अध्ययनपछि आइतबार प्रमाणीकरण गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए । विधेयक प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित हुने छ । त्यसलगत्तै ऐनका रूपमा कार्यान्वयन हुने छ ।

आर्थिक वर्ष २०८२–०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई कानुनी आधारमा खर्च गर्न अनुमति दिने छ भने सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने कानुनी आधार तयार गर्ने छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार