कोहलपुर ।
प्रगतिशिल साहित्यकार तथा गीतकार मणिरत्न अर्यालको शब्द र रचनामा रहेको ‘रुपको बर्षात’ गीत बजारमा आएको छ । प्रगतिशिल लेखकसमेत रहेका अर्यालले ‘रुपको बर्षात’ गीत प्रिन्सेस् फिल्मस् युटुव च्यानलबाट बजारमा ल्याएका हुन् ।
सो गीतमा स्वर तथा संगीत बबिना भट्टराईको रहेको छ । भिडियो सार्वजानिक भएको दुई दिनमा ३ हजार दशर्कले हेरिसकेका छन् । उक्त ‘रुपको बर्षात’ गीतको म्युजिकक भिडियोमा कलाकार जानकी कुंवर र लक्ष्मण भण्डारीले अभिनय गरेका छन् ।
गीतको संगीत संयोजन बिनोद भुजेल र देबेन्द्र कुंवरले निर्देशन गरेका हुन् । अर्यालले यस अघि पनि विभिन्न १० ओटा गतीहरूको शब्द र रचना गरेर बजारमा ल्याइसकेका छन् । उनको परिचय गितकार मात्र नभई अनेक छन् । उनी महेन्द्र पुस्तकालय नेपालगन्जका सचिव, नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागका सदस्य, प्रगतिशिल साहित्य लेखक र राजनीतिकर्मी समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्