वीरेन्द्रनगर ।
सुर्खेत जिल्लाका उत्कृष्ट ३ जना कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरिएको छ । कृषि पेशामा लागेर राम्रो काम गरेकोमा ३ जना कृषकलाई पुरस्कृत गरिएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार ३० हजार राशीको प्रथम पुरस्कारबाट भेरीगंगा नगरपालिका–८ मा केरा खेती गरिरहेका ८ विनोद शर्मा सम्मानित भएका छन् ।
यस्तै २५ हजार राशीको द्वितीय पुरस्कारबाट वीरेन्द्रनगर नगरपालिका–१३ मेवा ड्रागन खेती गरिहेकका ललितप्रसाद लामिछाने र २० हजार राशीको तृतीय पुरस्कारबाट भेरीगंगा नगरपालिका–१० मा तरकारी खेती तथा पशुपन्छी पालन गरिरहेका अञ्जना बुढालाई सम्मान गरिएको छ ।
पुरस्कार वितरण कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले धनराशी थोरै भएपनि पुरस्कृत हुनेहरुलाई प्रोत्सान गरिएको बताए ।
धेरै अन्न दाता कर्म भूमीमा खटिदा पनि आवश्कता अनुसारको उत्पादन बढाउन सकिने उनको भनाइ छ । यस्तो कार्यक्रमले अरुलाई पनि कृषिमा संलग्न हुन प्रेरणा मिल्ने उनले बताए । ‘जुनसुकै क्षेत्रको मानिसलाई पनि खाद्य आवश्यक भएकाले महत्वपूर्ण क्षेत्र कृषि क्षेत्र नै हो । कृषि क्षेत्रको योगदान राष्ट्रिय पूँजीमा धेरै छ’ उनले भने, ‘कृषिको व्यवसायिकरण गरे मात्र सबै किसानलाई जोड्न सकिन्छ । यसमा कृषि मन्त्रालय लागिपरेको छ । सरकार र कृषक इमान्दार भएर समर्पित भए कृषि क्षेत्रको विकास सम्भव छ ।’
कृषि क्षेत्रमा लागेर आफू पुरुस्कृत हुँदा झन हौसला बढेको प्रथम पुरुस्कार पाएका कृषक विनोद शर्माले बताए । उनी विगत ६ वर्षदेखि केरा खेती गर्दै आएको छन् । पशुपन्छी विकास निर्देशनालयका निमिक्त निर्देशक कृष्ण पङ्गेनीले सरकारको लक्ष्य अनुरुप किसानले साथ दिएको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यन्वयन इकाई सुर्खेतका प्रमुख डा. धर्मराज गिरीले सरकारले मौद्रिक र गैर मौद्रिक सम्मानबाट किसानको हौसला बढाएको बताए । कर्णाली प्रदेश सरकारले कृषिमा अन्य प्रदेशभन्दा धेरै राम्रो काम गरेको एकिकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्र रोकायको भनाइ छ । उनका अनुसार जुम्लाबाट ६० करोडको स्याउ, सल्यानमा ४० करोडको अदुवा, ६० करोडको सुन्तला र सुर्खेतबाट १२ करोडको अदुवा गतवर्ष निर्यात भएको थियो ।









प्रतिक्रिया दिनुहोस्