सल्यान,१५ कात्तिक/ कुपिण्डेबाट फर्किने क्रममा सुपर फास्ट यातायातको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । सल्यानको कुपिण्डेदह भ्रमणमा गएका सुर्खेतका दुर्इ जनाको जीप दुर्घटनामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीप चालक सुर्खेत भेरीगंगा नगरपालिका-८ लोदेका देवराज कामी र वीरेन्द्रनगर नगरपालिका-८ की धनमाया नेपाली रहेको प्रहरी निरीक्षक नरबहादुर सलामीले जानकारी दिए ।भे१ज ९२७ नम्बरको जीप सल्यानको वनगाड कुपिन्डे नगरपालिका-८ को रिठाघारी भन्ने स्थानमा दुर्घटना हुँदा अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गाडी सडकबाट करिब २० मिटर तल खसेको र घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले बताए । दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको मेहेलकुना अस्पताल ल्याइँदै छ ।
प्रकाशित मिति : २०७४ कात्तिक १५ गते बुधबार








प्रतिक्रिया दिनुहोस्