कोहलपुर।
कोहलपुर नगरपालिका ११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइक दुर्घटना हुँदा एकको मृत्यु भएको
छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र से ५ प ४८४ नम्बरको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइक सवार कालिकोट जिल्ला नरहरी गाउँपालिकाकी २३ वर्षिया शोभा बटालाको दुर्घटना स्थलमा मृत्यू भएको कोहलपुर इलाका प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक कालिकोट जिल्ला नरहरी गाउँपालिका दण्डविक्रम विष्ट भने गम्भिर घाइते भएको कोहलपुरका डिएपी कुलदिप चन्दले जानकारी दिए । एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका ६ का राम बहादुर थारुलेलाई भने हातमा मात्र सामान्य चोट लागेको चन्दले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ चैत १८ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्