शारदा एजुकेशन पार्क कन्सल्टेन्सी ८औँ वर्ष प्रवेश



कोहलपुर ।
शारदा एजुकेशन पार्क कन्सल्टेन्सी प्रालि तथा शारदा इभेन्ट्स प्रालि ७ औँ वर्ष पुरा गरी ८ औँ वर्षमा प्रवेश गरेको छ । प्रालिले शुक्रबार बाट ७ औँ वर्ष पुरा गरी  ८ औँ वर्ष पवेश गरेको हो ।  सो अवसरमा बोल्दै सस्थापक अध्यक्ष तथा निर्देशक रोनिश राज गौतमले शारदा एजुकेशन पार्क कन्सल्टेन्सी प्रालि मार्फत वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको बताए ।


कोहलपुर सहरको पहिलो एजुकेशन कन्सल्टेन्सीको रुपमा २०७२ साल पुस २७ गते कम्पनी रजिस्टर कार्यालयमा दर्ता गरी औपचारिक रुपमा २०७३ साल पुस २७ गते कोहलपुरको आफ्नै करपरेट भवन शारदा सन्चालनमा आएको जानकारी दिए । ७ वार्षीक उत्सवको अवसरमा जापानीज, कोरियन,अंग्रेजी भाषा कक्षामा भर्ना हुन चाहने विद्यार्थीलाई विशेष छुटमा भाषा तयारी कक्षा अध्यापन गराउने गरेको संस्थाका कार्यालय म्यानेजर करिस्मा चन्दले बताइन् ।

विगत ७ वर्षमा हजारौ युवाहरु वैैदेशिक उच्च शिक्षाको लागी जापान, कोरिया, अस्ट्रेलीया गइसकेको र अध्ययन गर्न गएका विद्यार्थी मध्ये ३० प्रतिशत विद्यार्थी सिप र दक्षता हासिल गरेर नेपाल फर्किसन सफल भएको उनले जानकारी दिन् । त्यसै गरी शारदा इभेन्ट्स प्रालि मार्फत युवा वर्गको निम्ती विभिन्न खेलकुद, तालिम, सिन्धुली तिज फेस्टीभल २०७३,सौन्दर्य प्रतियोगीता मिस्टर एण्ड मिस कोहलुर २०७६,मिस्टर एण्ड मिस तराइ २०७७, कोहलपुर ओपन क्रिकेट टुर्नामेन्ट २०७७, नेपालगन्ज म्मुजिक फेस्टीभल २०७५,काठमान्डौ मोडल हन्ट २०७३ जस्ता नेपालका विभिन्न ठाउँहरुमा इभेन्टहरु गरी शारदा इभेन्ट्स हजारौ युवाहरुको मन जित्न सफल रहेको गौतमले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस २८ गते शनिबार