नेपालको संविधानलाई थारु भाषा अनुवादित



कोहलपुर, १५ कात्तिक/  नेपाली भाषामा लेखिएको नेपालको संविधान २०७२ लाई थारु भाषामा अनुवादित गरी मंगलबार नेपालगन्जमा सार्वजनिक गरिएको छ । 

थारु पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति बाँकेको आयोजनामा एको थारु भाषामा अनुवादित गरिएको संविधान विषयक अन्र्तक्रिया तथा पुस्तक सार्वजनिक कार्यक्रम भएको हो ।

एकराज चौधरीद्वारा अनुवादित गरिएको थारु भाषाको संविधान चौधरीले नै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरलाई हस्तान्त्रण गरेका थिए । अव स्थानीय तहमा पनि हरेक जातजातिको भाषामा संविधान अनुवादित गरी स्थानियवासिन्दालाई संविधान पढ्न र बुझ्न सहज बनाउनका लागि सवैले पहल गर्न आवश्यक रहेको थापाले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले नेपाललाई चार जात ३६ वर्णको फूबारी भनिएपनि राज्यले कसैको भाषालाई सम्मान गर्न नसकेको बताउँदे मुलुक नयाँ संरचनामा गईसकेकाले अबस्थानीय सरकारले नै भाषा भाषीलाई सम्मान गर्ने बताइन् ।

थारु पत्रकार संघ बाँकेका अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, पूर्व अध्यक्ष शुक्र ऋषि चौलागाई, क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगन्जका संयोजक आरिफ अन्सारी लगायतले संबिधान अनुवादको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १५ गते बुधबार