कोहलपुर, १५ कात्तिक/ नेकपा एमालेका उपाध्यक्ष भिम रावलले लोकतन्त्र र लोकतान्त्रिक संविधान निर्माणका लागि संघर्ष गरेका र लोकतान्त्रिक अभ्यासमा इमान्दारिपूर्वक प्रतिस्पर्धात्मक राजनीतिमा सक्रिय सहभागी हुँदै आएका वामपन्थी शक्तिहरुलाई अधिनायकवादी भन्नु हास्यास्पद तर्क भएको बताए । 
मंगलबार नेपालगन्जमा एमाले—माओवादीका कार्यकर्ताहरुलाई संयुक्तरुपमा सम्वोधन गर्दै उपाध्यक्ष रावलले वामपन्थी गठबन्धन बनेपछि काँग्रेस हतास भएको र वामपन्थीको लोकतन्त्रप्रति रहेको निष्ठा माथि भ्रम छर्ने काम गरेको उल्लेख गरे ।
वि.स.२००७ सालदेखि २०६२÷०६३ सम्मका राजनीति परिवर्तनका आन्दोलनमा वामपन्थीहरुले त्याग, समर्पण र वलिदानी गरेको बताउदै नेता
रावलले वामपन्थी शक्तिहरुको जोडबलमा संविधान जारी भएको जिकिर गरे ।
एमाले उपाध्यक्ष रावलले वामपन्थी एकतापछि अब लोकतन्त्र झन् बलियो बन्ने र लोकतान्त्रिक प्रक्रियाबाटै समाजवाद सहितको विकसित नेपाल निर्माण हुने
विश्वास सहित वामपन्थी चुनावी गठबन्धन बनाएको बताउदै सो लक्ष्य पुरा गर्न एकतावद्ध भएर चुनावी अभियानमा लाग्न एमाले–माओवादी कार्यकताहरुलाई निर्देशन समेत दिए ।
प्रकाशित मिति : २०७४ कात्तिक १५ गते बुधबार








प्रतिक्रिया दिनुहोस्