
काठमाडौं, ११ मंसिर/ काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगितामा आज काँकरभिट्टा फुटबल क्लब र हिमालयन शेर्पा काठमाडौंबीच खेल हुने भएको छ ।
झापाको काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगतामा नेपालका ए डिभिजनसहित भारतका गरी कुल १० वटा टिमको सहभागीता रहेको छ । यसअघि हिजो भएको खेलमा सुदूरपश्चिम–११ लाई टाईब्रेकरमा ३–० गोलले पाखा लगाउँदै त्रिभुवन आर्मी काँकरभिट्टा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धा्रित समयमा १–१ को बराबरीमा भएपछि खेल टाइब्रेकरमा गएको थियो । प्रतियोगिताको विजेता टिमले आठ लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेता टिमले चार लाख एक हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल आगामी मंसिर १५ गते हुनेछ ।
प्रकाशित मिति : २०७४ मंसिर १२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्