खजुरा (बाँके) ।
बाँकेको खजुरामा जारी बाँके जिल्लास्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन न्यू भद्रकाली स्पोर्टस क्लब र एन.के. स्पोर्टस क्लब विजयी भएका छन । न्यू डाँफे स्पोर्टस क्लबको आयोजनामा खजुरा मिनि रंगशाला ‘डी’गाउँमा जिल्लाका खेलाडीले मात्र खेल्न पाउने गरि गरिएको प्रतियोगिताको दोस्रो दिन न्यू भद्रकाली स्पोर्टस क्लबले न्यू बागमती स्पोर्टस क्लबलाई खेलको अन्तिम समयमा गोल गर्दै जित निकालेको हो ।
न्यू भद्रकालीका जर्सी नम्बर ७ का निसान्त रानामगरले गोल गरि विजयी बनेको थियो । यस्तै सोमबार भएको अर्को खेलमा एन.के. स्पोर्टस क्लबले जित निकाल्यो । एन.के. स्पोर्टस क्लब र भगवती स्पोर्टस क्लबबीच भएको प्रतिस्पर्धामा खेलको पूरा समयसम्म दुवैतर्फ कुनै पनि स्कोर हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा एन.के. स्पोर्टस क्लबले ४ र भगवती स्पोर्टस क्लबले २ गोल मात्र गरेपछि जित एन.के. स्पोर्टसले निकालेको न्यू डाँफे स्पोर्टस क्लबका अध्यक्ष बालाराम खत्रिले जनाए ।
प्रतियोगितामा मंगलबार पनि दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल जय किसान स्पोर्टस क्लब र नव ज्योती युवा क्लबबी २ बजेपछि हुनेछ भने दोस्रो खेल न्यू डाँफे स्पोर्टस क्लब (बी) र एन.के. स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष खत्रीले जनाए । प्रतियोगितामा विजेता हुने टिमले नगद ५१ हजार १ सय ११ रूपैयाँँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिमले ३१ हजार १ सय ११ रूपैयाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लबका अध्यक्ष खत्रीले जनाए । क्लबका संरक्षक खजुरा गाउँपालिका ४ ‘डी’गाउँ निवासी हाल अमेरिकामा रहेका समाजसेवी लिलबहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका हुन । प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लबका सचिव तेजेन्द्र योगीले जनाए । दसैँ र तिहारको अवसर पारि आइतबारदेखि शुभारम्भ गरिएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने न्यू डाँफे स्पोर्टस क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्