काठमाडौँ ।
पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३ को पुरुषतर्फको उपाधि मनकुमार रोका मगरले जितेका छन् । कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका पाँच वटा कोटलाई एउटै दौडमार्फत जोड्दै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा मगरले पाँच घण्टा २१ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितेका हुन् । नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको र विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको संयुक्त आयोजनामा अल्ट्रा ट्रेल रेस आयोजना भएको हो ।
प्रतियोगिताको ५० किलोमिटर पुरुषतर्फ तिलकबहादुर सुनुवार दोस्रो भए । उनले पाँच घण्टा २२ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरे । त्यस्तै, पाँच घण्टा २९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेका दलबहादुर कुँवर तेस्रो भए । रमेश लिम्बू पाँच घण्टा ४३ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गर्दै चौथो स्थानमा रहे भने अर्जुन कुलुङ राईले पाचौँ स्थान प्राप्त गरे । यस्तै, ५० किलोमिटर महिलातर्फ कल्पना बुढाले उपाधि जितिन् । उनले निर्धारित दूरी सात घण्टा १७ मिनेट २४ सेकेन्डमा पूरा गरिन् ।
निर्मला राईले सात घण्टा २१ मिनेट ३७ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गर्दा सन्देवा बुढा सात घण्टा २४ मिनेट २४ सेकेन्डमा दौड पूरा गरी तेस्रो भइन् । त्यस्तै चौथो स्थान कोपिला श्रेष्ठले प्राप्त गर्दा निरुता कोइराला पाचौँ भइन् । यसैगरी, १६ किलोमिटर पुरुषतर्फ धिराजबहादुर बुढाले उपाधि जितेका छन् । उनले निर्धारित दूरी एक घण्टा सात मिनेट ५३ सेकेन्डमा पूरा गरे । श्रीकास राई एक घण्टा आठ मिनेट एक सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए भने निरोज भट्टले एक घण्टा आठ मिनेट ६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।
गोपाल तामाङले चौथो र आषिश कुवँरले पाचौँ स्थान प्राप्त गरे । १६ किलोमिटर महिलातर्फ द्रिपा बस्नेत पहिलो भइन् । उनले एक घण्टा ३० मिनेट चार सेकेन्डमा दूरी पूरा गरिन् । विपना लामा एक घण्टा ३० मिनेट ३४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुँदा सन्जिला राई एक घण्टा ३९ मिनेट ६ सेकेन्डमा दौड पूरा गरी तेस्रो भइन् । त्यस्तै सरस्वती डुम्राकोटीले चौथौँ र रिया वरुवालले पाचौँ स्थान प्राप्त गरिन् । प्रतियोगितामा ५० किलोमिटर र १६ किलोमिटर दुवै विधामा महिला तथा पुरुष धावकका लागि समान पुरस्कारको व्यवस्था गरिएको थियो ।
५० किलोमिटरतर्फ पहिलो हुने महिला तथा पुरुष धावकले जनही एक लाख ५० हजार रूपैयाँँ, दोस्रो हुनेले एक लाख रूपैयाँँ, तेस्रो हुनेले ७५ हजार रूपैयाँँ, चौथो हुनेले २५ हजार रूपैयाँँ र पाँचौँ हुनेले १५ हजार रूपैयाँँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरे । त्यस्तै, १६ किलोमिटरतर्फ पहिलो हुनेले २५ हजार रूपैयाँँ, दोस्रो हुनेले १५ हजार रूपैयाँँ, तेस्रो हुनेले १० हजार रूपैयाँँ र चौथो हुनेले पाँच हजार रूपैयाँँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरे ।
५० किलोमिटरको मुख्य दौड पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटबाट सुरु भएको थियो । दौड सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानीट्याङ्की, घार्मी डाँडा, ढिकी डाँडा, झुप्राङकोट, बलायँखर्क, महापुरुष डाँडा, च्होगो डाँडा, अर्मलाकोट, कुरागाउँ, पिपलडाली, ¥यालेचौर र काहुँकोट हुँदै पोखरा–११ स्थित नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर समापन भएको थियो ।









प्रतिक्रिया दिनुहोस्