
सुर्खेत।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई केन्द्रमा राखेर काम थालिएको बताएका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा साेमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गठित मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै आसन्न मंसिर १६–२७ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिता भव्य र व्यवस्थित रुपले सम्पन्न गर्ने मुख्य उद्देश्यका साथ अगाडि बढेको बताए।
उनले भने, “प्रतियोगिता सञ्चालनमा हुने अपुगतालाई पूरा गर्नेतर्फ जोड दिएका छौँ । खेल पूर्वाधार, खेलाडीहरुको लागि आवासको व्यवस्थापन, प्रशिक्षणलगायतका गतिविधिहरु अगाडि बढिरहेका छन् ।” खेल सम्पन्नताका लागि युद्धस्तरमा काम भइरहेको बताउँदै मुख्यमन्त्री शाहीले प्रदेश सरकार प्रतियोगिताको कोर्स पूरा गर्न प्रतिबद्ध रहेको बताए।
सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले खेल क्षेत्रको महापर्व सुरुआत भइसकेकोले सबै सरोकारवालालाई आआफ्नो तहबाट सहयोग गर्न अपिल गरे। प्रतियोगिताका लागि आवश्यक हुने सबै तयारी पूरा प्रदेश सरकार दसैँ जिल्लाको वस्तुस्थिति र भइरहेका क्रियाकलापबारे जानकारी दिइने मन्त्री मल्लले बताए।









प्रतिक्रिया दिनुहोस्