काठमाडौँ ।
सीजी मोटर्स, ग्रिलि होल्डिङ ग्रुपअन्तर्गतको रिडारा ब्रान्डको नेपालका लागि आधिकारिक वितरकले नेपाली बजारमा नयाँ रिडारा आरडी सिक्स इकोन इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ । गाडीको प्रारम्भिक मूल्य ७१ लाख ९९ हजार रूपैयाँ निर्धारण गरेको छ ।
‘पियोर इलेक्ट्रिक, पियोर क्यापाबिलिटी’ को अवधारणामा आधारित यो मोडेललाई नेपालको सबैभन्दा शक्तिशाली र बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरेको छ, जसले इभी सेग्मेन्टमा प्रदर्शन र उपयोगिताको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ । करिब दुई वर्षअघि नाडा अटो शो मा पहिलो पटक प्रदर्शन भएपछि रिडारा आरडी सिक्स ले नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टको सुरुवात गर्दै अग्रणी भूमिका खेलेको छ ।
अब इकोन भेरियन्टको आगमनसँगै रिडाराले अझ उच्च अफ–रोड क्षमता, बढी पावर आउटपुट र नेपालका भौगोलिक आवश्यकतालाई लक्षित गर्दै थप बहुउपयोगी समाधान प्रस्तुत गरेको कम्पनीको भनाइ छ । रिडारा आरडीसिक्स इकोन लाई सहरी सडकदेखि लिएर दुर्गम पहाडी तथा अफरोड क्षेत्रसम्म सहज रूपमा चलाउन मिल्ने गरी बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ ।
यो गाडीले व्यवसायिक उपयोगिता र लाइफस्टाइल प्रदर्शनलाई एकैसाथ संयोजन गर्दै व्यवसायिक प्रयोगकर्ता र एड्भेन्चर पारखी दुवैका लागि उपयुक्त समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ । उच्च प्रदर्शन र वास्तविक क्षमतासहित यस गाडीमा अत्याधुनिक प्रविधिहरू समावेश गरिएका छन्, जसले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्दछ ।
४८५ एनएमको अधिकतम टर्कले बलियो पुलिङ पावर र एक्सेलेरेशन सुनिश्चित गर्छ भने डुअल मोटर अल ह्विल ड्राइभ प्रणालीले दुवै एक्सलमा स्वतन्त्र मोटरमार्फत वास्तविक अफ–रोड क्षमता प्रदान गर्छ । २२५ एमएम ग्राउन्ड क्लियरेन्सका कारण कठिन भू–भागमा पनि सहज सञ्चालन सम्भव हुन्छ भने १२३५ केजी पेलोड क्षमताले यसलाई व्यावसायिक प्रयोजनका लागि उपयुक्त बनाउँछ ।
सम्पूर्ण विशेषताहरूले आरडीसिक्स इकोन लाई नेपालका पिकअप तथा अन्य इलेक्ट्रिक प्रतिस्पर्धीहरूभन्दा अगाडि राख्दै बहुउपयोगिताको उत्कृष्ट संयोजनका रूपमा स्थापित गर्दछ । यसका साथै, रिडारा आरडीसिक्स इकोन मा अत्याधुनिक ब्याट्री तथा सुरक्षा प्रणाली समावेश गरिएको छ, जसमा फाइभ स्टार ब्याट्री प्रोटेक्सन आर्मर सिस्टम, आईपी ६८–रेटेड ब्याट्री प्याक (पानी तथा धुलो प्रतिरोधी) र ६ वटा उन्नत ब्याट्री सुरक्षा व्यवस्थापन प्रणाली रहेका छन् ।
यी प्रविधिहरूले नेपालको चुनौतीपूर्ण मौसम तथा भौगोलिक अवस्थाहरूमा पनि उच्च स्तरको सुरक्षा, स्थायित्व र विश्वसनीयता सुनिश्चित गर्दै गाडीलाई अझ भरोसायोग्य बनाउँछन् । रिडारा आरडीसिक्स इकोन अब देशभर रहेका सीजी मोटर्सका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभका लागि उपलब्ध छ । यो गाडी उच्च प्रदर्शन, दिगोपन र भरपर्दोपन खोज्ने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प बन्ने अपेक्षा कम्पनीको छ।









प्रतिक्रिया दिनुहोस्