काठमाडौँ ।
नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा बहुप्रतिक्षित पोको एक्स–८ सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत पोको एक्स–८ प्रो फाइभजी र पोको एक्स–८ प्रो म्याक्स फाइभजी स्मार्टफोन सार्वजनिक गरिएका हुन् ।
पोको एक्स–८ प्रो फाइभजीमा फ्ल्यागसिप स्तरको डाइमेनसिटी ८५००–अल्ट्रा प्रोसेसर जडान गरिएको छ । जसले उच्च प्रदर्शनका साथै ऊर्जा दक्षता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । यसमा ६५ सय एमएएच क्षमताको ब्याट्री, १०० वाट हाइपर चार्ज तथा २७ वाट रिभर्स चार्जिङ सुविधा रहेको छ ।
यसमा ५० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा समावेश गरिएको छ । ६.५९ इन्चको १.५ के रेजोलुसनसहित १२० हर्ज एमोलेड डिस्प्लेले उच्च ब्राइटनेस र उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्नेछ । साथै, आइपी ६८ रेटिङका कारण पानी र धुलोबाट सुरक्षा मिल्ने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्