रेडमी नोट १७ सिरिज सार्वजनिक



काठमाडौँ ।

शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७सिरिज सार्वजनिक गरेको छ । नयाँ सिरिजमा रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७प्रो ५जी र रेडमी नोट १७प्रो म्याक्स ५जी रहेका छन् । लामो समयसम्म चल्ने ब्याट्रीका कारण बारम्बार चार्जर बोक्नुपर्ने झन्झट कम हुने कम्पनीले जनाएको छ । रेडमी नोट १७ र नोट १७ ५जी मा ७,७०० एमएएच क्षमताको ब्याट्री र ४५ वाट टर्बो चार्जिङ दिइएको छ ।त्यस्तै, रेडमी नोट १७प्रो ५जी मा ८,३४० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज रहेको छ । यसैगरी, रेडमी नोट १७प्रो म्याक्स ५जी मा १०,००० एमएएच क्षमताको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा रहेको छ ।

कम्पनीका अनुसार यसको ब्याट्री एकपटक पूर्ण चार्ज गर्दा ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ । साथै, २० मिनेट चार्ज गर्दा एक दिनसम्म प्रयोग गर्न पुग्ने ब्याट्री क्षमता प्राप्त हुने कम्पनीको दाबी छ ।
सिरिजमा समावेश रेडमी टाइटन ब्याट्री सिस्टम ले ब्याट्रीको आयु बढाउनुका साथै ऊर्जा व्यवस्थापनलाई थपप्रभावकारी बनाउने कम्पनीले जनाएको छ । आकर्षक डिस्प्ले र उन्नतक्यामेरा ः प्रो मोडलमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथाअधिकतम ३,५०० निट्ससम्मको ब्राइटनेस रहेको छ।त्यस्तै, रेडमी नोट १७ र नोट १७ ५जी मा ६.९९ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले दिइएको छ । क्यामेरातर्फ, रेडमी नोट १७ र नोट १७ ५जीमा ५० मेगा पिक्सेल मुख्य क्यामेरा र १६ मेगा पिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।

रेडमी नोट १७प्रो ५जी मा ५० मेगा पिक्सेल मुख्य, ८ मेगा पिक्सेल अल्ट्रा–वाइड र १६ मेगा पिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । त्यसैगरी, रेडमी नोट १७प्रो म्याक्स ५जी मा ५० मेगा पिक्सेल मुख्य, ८ मेगा पिक्सेल अल्ट्रा–वाइड र ३२ मेगा पिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ । शाओमी कर्पोरेसनको स्थापना अप्रिल २०१० मा भएको हो । कम्पनी सन् २०१८ जुलाई ९ मा हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । शाओमी स्मार्टफोन, स्मार्ट हार्डवेयर र स्मार्ट विद्युतीय सवारी साधनसहित आईओटी प्रविधिमा आधारित उपभोक्ता विद्युतीय सामग्रीतथा स्मार्ट उत्पादनमा केन्द्रित विश्वव्यापी कम्पनी हो ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार