काठमाडौँ।
जिली ईएक्स–५ म्याक्स तथा प्रो विद्युतीय सवारीसाधनका आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले ‘सुपर सेल्स एन्ड एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ । यही वैशाख ४ देखि ८ गतेसम्म उक्त पाँचदिने कार्यक्रम काठमाडौँको गैरीधारास्थित जिली शो रुममा हरेक दिन बिहान १० देखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ ।
देशका कुनै पनि अटोमोबाइल कम्पनीको शो रुममै आयोजना गरिने एक्सचेन्ज क्याम्पमध्ये यो सम्भवतः पहिलो मेला रहेको कम्पनीले जनाएको छ । गैरीधारामा करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको एलआरआर मोटर्सको अत्याधुनिक शो रुम उद्योगकै ठूला शो रुममध्ये एकका रूपमा स्थापित छ । यो कार्निभललाई ग्राहकलाई सहज, छरितो र लाभदायक सवारी साटासाट तथा खरिद अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको हो ।
कम्पनी स्रोतका अनुसार, ग्राहकले उत्कृष्ट बजार मूल्यांकनसहित तत्काल सवारी एक्सचेन्ज सेवा प्राप्त गर्नेछन् । तुरुन्तै फाइनान्सिङ सुविधा तथा जिली ईएक्स–५ म्याक्स र प्रोका नवीनतम २०२६ मोडेलमा विशेष पहुँच समेत प्राप्त गर्नेछन् । आकर्षक नगद छुटका साथै ग्राहकले एक वर्षको अटो प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर (फिस्कल इयर ट्याक्स)को व्यवस्था र निःशुल्क २–इन–१ अनुकूल चार्जरजस्ता थप लाभ पनि प्राप्त गर्नेछन् ।
कार्यक्रमलाई अझ रमाइलो र स्मरणीय बनाउन आगन्तुकले भेहिकल–टु–लोड कफी अनुभव लिन सक्नेछन् । प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर प्राप्त गर्नेछन् । साथै, पर्याप्त पार्किङ सुविधाबाट सहज भ्रमणको अनुभव लिन सक्नेछन् । कार्यक्रमबारे प्रकाश पार्दै एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, ‘सुपर सेल्स एन्ड एक्सचेन्ज कार्निभलले ग्राहकको सवारी स्वामित्वलाई अझ सहज, सुविधाजनक र लाभदायक बनाउने हाम्रो प्रतिबद्धता झल्काउँछ । उत्कृष्ट एक्सचेन्ज अफर, तुरुन्त फाइनान्सिङ सुविधा र आकर्षक थप सेवामार्फत हामीले हरेक आगन्तुकलाई एकीकृत अटोमोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौँ ।’
श्रेष्ठले यो कार्यक्रमले नेपालको अटोमोबाइल बजारमा ग्राहक सहभागिता तथा सन्तुष्टिको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे । एलआरआर मोटर्सले सञ्चारकर्मी, ग्राहक तथा अटोमोबाइलप्रेमीलाई कार्यक्रममा सहभागी भई प्रत्यक्ष अनुभव लिन निमन्त्रणा दिएको छ । कम्पनीका अनुसार, यस्ता पहलले ग्राहकसँगको सम्बन्ध सुदृढ गर्नुका साथै नेपालमा नवीन तथा स्वच्छ ऊर्जामा आधारित सवारीसाधनप्रति जनचेतना अभिवृद्धि गर्न मद्दत पु¥याउनेछ ।









प्रतिक्रिया दिनुहोस्