मदनचोक बजार सुधार समिति र नगरपालिको संयुक्त सरसफाई



कोहलपुर,२३ पुस/   मदनचोक बजार सुधार समिति र कोहलपुर नगरपालिका वडा नं . ३ को संयुक्त आयोजनामा शनिबार वडा नं.३ को विभिन्न स्थानहरुमा सरसफाई गरिएको छ । कोलपुर नगरपालिकाका विभिन्न वडाहरुले वडा स्तरमै सरसफाई गर्ने अभियान अन्तरगत वडा नं. ३ को मदनचोक बजार वरपर , मदनचोक देखि उत्तर हुँदै जनता मावि मैटहवामा पुरेर सरसफाई कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालले स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको र यस्तो सरसफाई कार्यक्रम प्रत्येक महिना नियमित गर्नुपर्ने सुझाव दिएको बताए ।

रिजालले सरसफाईबाट संकलन भएको फोहोरलाई कोहलपुर नगरपालिकाको ट्रिपर हाली व्यवस्थापन गरेको समेत बताए । त्यस्तै मदनचोक बजार सुधार समितिका अध्यक्ष गोपाल अधिकारीले यस्तो सरसफाई नियमित रुपमा गर्ने प्रतिबद्धता गर्दै यसबाट मदनचोकको मात्र सरसफाई नभई कोहलपुर नगरपालिकाकै सरसफाई गर्नुपर्ने प्रेरणा सबैमा जागृत हुने बताए ।

सो सरसफाई कार्यक्रममा कोहलपुर नगरपालिका वडा न ३ को वडा कार्यालयको आयोजनामा मदनचोक बजार सुधार समिति र जनता मा.वि. मैटहवाको व्यानर सहित सहभागीता रहेको थियो । जनता मा.वि.का शिक्षक , विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २३ गते आइतबार