19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

अखिल छैठौंमा त्रिपाठी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन १६, २०७३  

कोहलपुर, साउन १६
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति बाँकेको अध्यक्षमा सहदेवराज त्रिपाठी चयन भएका छन् । शनिबार भएको १९ औं जिल्ल सम्मेलनले त्रिपाठीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्ष प्रतिभा आचार्य, सचिव सुनिता अधिकारी, सहसचिव नमराज चन्द, कोषाध्यक्ष सागर भण्डारी, सदस्यहरु पुनम बुढाथोकी र एक रिक्त रहेको छ । त्यस्तै वैकल्पिक सदस्यहरुमा गिता पुन, फुलनदेवी कार्की, रमेश शही र एक रिक्त रहेको छ । सम्मेलन अध्यक्ष भरत खड्काको सभापतित्व तथा केन्द्रिय सदस्य हस्तराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रकाशित मितिः आइतवार, साउन १६, २०७३     9:20:53 AM  |