18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

चितुवाको छालासहित दुई जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५  

कोहलपुर/  बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित गाभरबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

प्रदेश ५ अनुसन्धान ब्यूरोको टोलीले अबैध रुपमा लुकाई राखिएको अवस्थामा दुई थान चितुवाको छालासहित बर्दियाको बाँसगढी नगरपालिका बस्ने चन्दन वादी (नेपाली) र सोही ठाँउका कृष्ण वादीलाई नियन्त्रणमा लिइएको प्रदेश ५ अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक देबीप्रसाद पौडेलले जानकारी दिए ।

उनीहरुलाई विशेष सूचनाको आधारमा बाँकेको बैजनाथ गाँउपालिका–१ गाभरबाट पक्राउ गरिएको हो ।

अबैध छाला सहित पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको निरीक्षक पौडेलले बताए ।

प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५     10:27:20 PM  |