25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

३० हजार फिट उचाइमा एउटा विमानबाट उछिट्टिएको बरफको डल्लो अर्को विमानमा ठोक्कियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस १४, २०७८  

काठमाडौं।

लण्डनबाट क्रिसमसको विदाको लागि लगभग २०० यात्रुहरु लिएर गइरहेको ब्रिटिस एयरवेजको विमान अर्को विमानबाट उछिट्टिएको बरफको डल्लोसँग ठोक्कियो । ठक्करपछि ब्रिटिस एयरवेजको विमानको अगाडिको सिसा फुट्यो ।

यो ठक्करका बेला विमान ३० हजार फिटको उचाइमा थियो । मिडिया रिपोर्टका अनुसार लण्डनबाट बोइङ ७७७ क्रिसमसको अवसरमा लण्डन ग्याटविकबाट कोस्टा रिकाको सान जोस जाँदै थियो । ठक्करपछि विमानलाई सान जोसमा सुरक्षित अवतरण गरियो ।

रिपोर्टका अनुसार अर्को विमानबाट खसेको बरफको डल्लो विमानको करिब २ इन्च बाक्लो अगाडिको सिसामा ठोक्कियो । विमानमा धेरै क्षति नभएका कारण यही विमानबाट यात्रुहरुलाई लण्डन लगियो । मिशेल नामकी उक महिलाले इन्डिपेन्डेन्ट अखबारसँग कुरा गर्दै भनिन् ‘मेरा पतिको परिवार एडिनबर्गमा बस्छन् । उनीहरु २४ डिसेम्बरमा क्रिसमस मनाउँछन् । हामी कनेक्टिङ फ्लाइटबाट त्यहाँ जाँदै थियौं ।’

घटनापछि विमान सुरक्षित अवतरण गरियो तर यात्रुहरु करिब ५० घण्टासम्म एयरपोर्टमै फसेका थिए । ब्रिटिस एयरवेजले यो घटनाको लागि यात्रुहरुसँग माफी मागेको छ ।

एयरवेजका एक यात्रुका अनुसार यात्रीहरुको धैर्य, इन्जिनियर र क्रु सदस्यको सहयोगबाट यात्रुहरुलाई फेरि लण्डर ल्याइएको थियो । उनका अनुसार ब्रिटिस एयरवेजले असुविधा र ढिलाइको लागि हरेक यात्रीलाई ५२० पाउण्ड दिनेछ ।

प्रकाशित मितिः बुधबार, पुस १४, २०७८     1:10:11 PM  |