सिता स्मृती तेक्वान्दो प्रतियोगिता आज समापन गरिने



कोहलपुर, ९ मंसिर/   बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्थामा प्रथम सिता श्रेष्ठ स्मृती जिल्ला स्तरीय रेम्बो तेक्वान्दो छनौट प्रतियोगिता शुक्रबार देखि शुरु भएको छ ।

२० देखि २५ केजी, २६ देखि ३० केजी र ३१ देखि ३५ केजी समुहमा खेलाइने सो प्रतियोगिताका शुक्रबार प्रारम्भि चरणका प्रतिस्पर्धा सम्पन्न भएका हुन् ।

आज (शनिबार) सबै समुहका प्रतियोगिताहरुको फाइनल हुने र प्रतियोगिता पनि आजै समापन गरिने आयोजक संस्थाका सचिन मेघनाथले जानकारी दिए ।

बैजनाथ गाउँपालिका–३ को रेम्बो तेक्वान्दो डोजाङ्गले आयोजना गरेको सो प्रतियोगिताको मुख्य प्रायोजकमा गंगा जमुना कृषि सहकारी संस्था कोहलपुर, नेपाल कृषि सहकारी संस्था र सानिमा कृषि सहकारी संस्था रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ९ गते शनिबार