शिक्षण अस्पताल कोहलपुरको प्रसुति गृह सिल



कोहलपुर :
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर को प्रसुति गृह सिल गरिएको छ ।

शुक्रबार उक्त वार्डमा कार्यरत का ६ जनामा कोरोना पुष्टि भएपछि प्रसुति गृह (लेवर रुप) सिल गरिएका हो ।

अस्पतालका एक डाक्टर सहित उक्त वार्डका ५ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रसुति गृह सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
हो । उपनिर्देशक निर्देशक डाक्टर दिनेश श्रेष्ठका अनुसार डाक्टर सहित अन्य ५ जना संक्रमित प्रसूति वार्डमा कार्यरत थिए ।

उनले साउन ११ गते कोहलपुरमा सुत्केरी भएकी एक महिलामा धनगढी गएपछि कोरोना पोजेटिभ देखिएपछि बुधबार कन्ट्रयाक्ट ट्रेसिङ गरी त्यहाँका १० जनाको पीसीआर परिक्षण गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रबार