30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

अनलाइन कक्षाको लागि शिक्षकलाई ल्यापटप (फाेटाे फिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १७, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको कृष्ण माध्यामिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । शुक्रबार एक कार्यक्रम बीच अनलाइन कक्षा सञ्चालनका लागि ११ जना शिक्षकलाई ल्यापटप दिएको हो । अनलाइन माध्यामबाट कक्षा सञ्चालन गर्न सहज होस् भनेर ल्यापटप वितरण गरिएको विद्यालयका प्रधानाध्यापक विरेन्द्र बहादुर मल्लले जानकारी दिए ।

‘कोरोना महामारीका कारण स्कुलमै आएर अध्यापन गराउन समस्या भयो’ उनले भने, ‘नियमित कक्षा सञ्चालनको तत्काल सभ्भावना नभएपछि अनलाइन कक्षा सञ्चालन गरेका हौं ।’ यो विद्यालयमा ८ सय ५८ जना विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन् । कोहलपुर नगर शिक्षा शाखाबाट विद्यालयमा अध्यापनका क्रियाकलाप नगर्न र नगराउनुहुन भनी चिठी आएपछि कक्षामा विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न नसकिएको प्रधानाध्यापक मल्लले बताए । ‘अहिले पुनः विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको बीचमा गई अनलाइन कक्षामा कति बालबालिकाहरु अध्ययन गर्न सक्छन् भनी छलफल कार्यक्रम गरेका थियौं’ उनले भने, ‘सबैको विचार अनलाइन कक्षा सञ्चालन गर्नुपर्दछ भन्ने आएपछि विद्यालय पनि नयाँ योजनाका साथ अगाडि आएको हो ।’

अब शिक्षकहरुले विद्यालयले दिएको कार्यतालिका अनुसार कक्षा सञ्चालन गर्नेछन् । सोही अनुसार अभिभावकहरुले आफ्ना छोराछोरीलाई अनलाइन कक्षामा सहभागि गराउनुपर्नेछ । ‘प्रदेश सरकारको नमूना विद्यालय विकास निर्माण कार्यक्रम अन्तर्गत ल्यापटप वितरण गर्ने र प्रोजेक्ट विद्यालयले ल्याउने भनी कार्ययोजना बनाएका थियौं’ उनले भने, ‘सोही अनुसार खरिद गरी शिक्षकहरुलाई ल्यापटप वितरण गरी वितरण गरिएको हो ।’ ७ लाख ६० हजार लागतमा ११ वटा ल्यापटप खरिद गरिएको विद्यालयले जनाएको छ । पहिलो चरणमा कक्षा ८ देखि १० कक्षासम्म मात्र अनलाइन कक्षा सञ्चालन हुनेछ ।

यस्तै सामाजिक विकास समितिका संयोजक नारायणी वलीले लकडाउनको समयमा निजी स्रोतका शिक्षकहरुलाई हटाउने प्रवृत्ति आएको समयमा विद्यालय प्रशासनले उत्साहपूर्ण काम गरेको बताइन् । नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पौड्यालले अहिलेको महामारीमा अनलाइन माध्यामबाट आफ्ना बालबालिकाहरुलाई अध्यापन गराउनु राम्रो पक्ष भएको बताएका थिए । ‘अहिले लिएको ल्यापटप सहि सदुपयोग होस्’ उनले भने, ‘तपाईले सिकाइएको ज्ञानले कलिला बालबालिकाको भविष्य सुधार हुन सक्छ ।’ नगरका अन्य विद्यालयहरुले समेत अब वैकल्पिक विधिबाट पठनपाठन अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।Image may contain: 4 people, including Birendra Malla and Narayani Oli, people standingImage may contain: 4 people, including Birendra Malla and Narayani Oli, people standing, people sitting and indoorImage may contain: 4 people, including Birendra Malla and Narayani Oli, people standing and indoorImage may contain: 5 people, including Ram Chaudhary, Birendra Malla and Narayani Oli, people sitting and indoorImage may contain: 2 people, people sitting and indoorImage may contain: one or more people, people sitting and indoorImage may contain: 4 people, people standing, people sitting and indoorImage may contain: 4 people, people standing, people sitting and indoor

प्रकाशित मितिः शनिबार, अशोज १७, २०७७     10:56:36 AM  |