समृद्धिको लय समात्दै कोहलपुर–२



गत आवमा कोहलपुर नगरपालिका– २ ले वडाको सिलिङबाहेक संघ, प्रदेश र नगरपालिकामा समन्वय गरी करिब ९ करोड ३७ लाख ९२ हजार बराबरको बजेट ल्याउन सफल भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मार्फत स्थानीय सरकारमा पुगेका जनप्रतिनिधिले कार्यभार सम्हालेको दुई वर्ष बढी भइसकेको छ । निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नका लागि यो अवधिमा स्थानीय जनप्रतिनिधिहरू सकेसम्म सक्रिय भएका देखिन्छन् ।

बाँके जिल्लाका स्थानीय तहमा २०७९ को निर्वाचनमा अधिकांश नयाँ जनप्रतिनिधि निर्वाचित भएका थिए । उनीहरूमा नयाँ जोश र जाँगर देखिन्छ । जनताको प्रतिनिधिका रूपमा राम्रो काम गर्ने हुटहुटी उनीहरूमा देखिन्छ ।

बाँकेका कूल ८६ जना वडाध्यक्षमध्ये जनताको माग पूरा गर्न गाउँ, वडा, नगर, जिल्ला, प्रदेश र संघसम्म खटिरहेका जनप्रतिनिधि हुन्, कोहलपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हरि कठायत ।

उनी दुई वर्षदेखि वडालाई समृद्ध र विकसित वडा बनाउन लागि परेका छन् । उनी आफ्नो पहिलो कार्यकालको पहिलो वर्षलाई सिकाइका रूपमा बताए पनि अहिले विकास निमार्णमा लागि रहेको बताउँछन् । यद्यपि चुनावी प्रतिबद्धता र जनताको आवश्यकताअनुसार वडाको विकासका लागि आफू क्रियाशील रहेको उनको दाबी गर्छन् ।

कोहलपुर नगरपालिकामै पहिलोपटक वडा नम्बर २ ले दोस्रो वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । वडा कार्यालयले आव २०८०/०८१ मा गरेका विभिन्न १६ शीर्षकमा कामहरूको सूचि सार्वजनिक गरेको छ । वडाले सार्वजनिक गरेको उपलब्धिहरूमा सडक तथा यातायात, भूमिसम्बन्धी कार्य, विद्युतीकरणदेखि आवास कार्यक्रम छन् । यो आलेखमा हामी कोहलपुर नगरपालिका वडा नम्बर २ ले गरेका उपलब्धिहरूको चर्चा गर्नेछौं ।

वडा सिलिङमा स्वीकृत योजना तथा सम्पन्न कार्यक्रमहरू

वडा नम्बर २ ले सडक तथा यातायातलाई मुख्य प्राथमिकता दिएर काम गरेको छ । पछिल्लो एक वर्षको अवधिमा ५० बढी विभिन्न योजनाहरू सम्पन्न गरिसकेको छ । ३ लाखमा गौरी डाँडामा बाटो स्तरोउन्नती, ८ लाखमा बिजुली सुनारको घरदेखि आनन्दनगर भित्रि बाटो स्तरोउन्नती, १० लाखमा रत्नराजमार्ग हुँदै वीरबहादुर शाहीको घर हुँदै बालकुमार शर्माको घरसम्म नाली निर्माण तथा स्तरोउन्नती बहुवर्षीय ठेक्का २५ लाखमा अहिले काम भइरहेको छ ।

त्यस्तै १० लाखमा बिनोद चौधरीको घर हुँदै मुगाली टोल बाटो स्तरोउन्नती तथा पक्की नाली निर्माण,१० लाखमा शक्तिनगर र मुगाली टोलको अधुरो पक्की नाली निर्माण, ८ लाखमा भरोषा स्कुलबाट कमल शाहीको घर हुँदै शिव प्राविसम्म पक्की नाली निर्माण, ७ लाखमा मनमाया गुरुङजङ्ग डाँगीको घर हुँदै रिम रोकाया घरसम्म पक्की नाली निर्माण, १० लाखमा कोहलपुर नगरपालिका–२ सहित चोकदेखिको नगरपालिका–२ को सीमानासम्म बाटो कालोपत्रे सम्पन्न भएको वडाध्यक्ष कठायत जानकारी दिए ।

उनका अनुसार ८ लाखमा रबिन थापाको घर हुँदै फुलबारी स्कुल हुँदै लालबहादुर डाँगीको घरसम्म पक्की नाली निर्माण,४ लाख ५० हजारमा वडाका विभिन्न टोलका सडकहरूमा माटो पटान तथा ग्राभेल र वडाका विभिन्न टोलहरूमा हुमपाइप जडान गरिसकेको छ ।

सडक र भौतिक पूर्वाधार

कृष्ण मावि हुँदै माथिल्लो कृष्णनगर हुँदै बर्दहवा जोड्ने बाटो पक्की नाली तथा स्तरोउन्नती ५० लाखमा सम्पन्न भइसकेको वडाध्यक्ष कठायतले बताएका छन् ।

७० लाखमा महेन्द्र राजमार्ग, कृषि हाटबजारदेखि गोरखा स्कुल जोड्ने बाटो स्तरोउन्नती तथा पक्की नाली निर्माण भइसकेको छ ।

रत्न राजमार्ग उत्तर मनकामना चोकदेखि हिर्दम चोकसम्म पक्की नाली निर्माण तथा बाटो स्तरोउन्नती ३५ लाखमा काम भएको थियो । पछिल्लो वर्षको अवधिमा वडाध्यक्ष कठायत संघ, प्रदेशको अनुदान र नगरपालिकामा समन्वय गरी विनियोजित करिब ३ करोड ३७ लाख ९२ हजार बराबरको बजेट ल्याउन सफल भएका थिए ।

यति मात्रै नभइ अहिलेसम्म सडक नाली र यातायातका १९ वटा योजनाहरू सम्पन्न गरिसकेका छन् । महेन्द्र राजमार्ग एपिएफ स्कुलदेखि लक्ष्मी मावि स्कुलसम्मको सडक ६३ लाखमा कालोपत्रे भइसकेको छ । त्यस्तै बर्दहवा बस्ती विकास कार्यक्रम पक्की नाली १ करोडमा स्तरोउन्नती, किरण नालामा कल्भर्ट १६ लाखमा निर्माण गरिसकेको जानकारी दिए । 

८५ लाखमा रत्न राजमार्ग धामिको घर हुँदै शक्तिनगर जोड्ने बाटो पक्की नाली तथा स्तरोउन्नती, महेन्द्र राजमार्ग हुँदै २ नम्बर वडा र बैजनाथ गाउँपालिका– ४ जोड्ने बाटो पक्की नाली र स्तरोउन्नती ४० लाख, दिप नगर पुरानो मुक्ति प्रावि वरको बुट्टा जाने बाटो ७० लाखमा स्तरोउन्नती भइसकेको छ ।

वडा कार्यालयबाट ११ लाख, प्रदेश सरकारबाट १० लाख र नगरपालिकाबाट ४ लाखमा रत्न राजमार्गदेखि सहिद चोक हुँदै वडाको सीमानासम्म सडक कालोपत्रे गरिसकेको वडा कार्यालयले सार्वजनिक गरेको कामहरूको सूचिमा उल्लेख गरिएको छ ।

महेन्द्र राजमार्गदेखि रत्न राजमार्गसम्म सडक कालोपत्रे २४ लाख, ७५ लाखमा लक्ष्मी मावि जोड्ने ५ सय मिटर बाटो कालोपत्रे, आन्नद नगरदेखि पुष्पनगर जोड्ने दोहोरो भित्रि बाटाहरू स्तरोउन्नती गरिएका थिए ।

भौतिक पूर्वाधार

कोहलपुर नगरपालिका वडा नम्बर २ ले दुई वर्षकोे अवधिमा ३ हजार ९३ सय मिटर ग्राभेल बाटो स्तरोउन्नती गरेको वडाध्यक्ष कठायत बताउँछन् । उनका अनुसार अहिलेसम्म वडाले ५ हजार १ सय ५६ मिटर पक्की नाली निर्माण गर्नुका साथै १ हजार ५० मिटर बाटो कालोपत्रे गरेको छ ।

वडाको वित्तिय प्रगति

वडाले आर्थिक वर्ष २०८०/२०८१ मा १४ लाख ९५ हजार ७ सय ९४.९५ विविध नगद राजस्व संकलन गरेको छ । त्यस्तै भूमिसुधार करबाट ७ लाख ९२ हजार ५ सय ९९.७९ संकलन गरेको वडा कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

वडा कार्यालयले २२ लाख ८८ हजार ३ सय ९४.७४ रुपैयाँ संकलन गरेको छ । त्यस्तै आर्थिक वर्ष २०८०/२०८१ को पञ्चिकरण सम्बन्धी १ सय ९५ जनाले जन्मदर्ता, ८४ जनाले विवाह दर्ता, १ सय ४१ जनाले घर बसाइँसराई, मृत्यु दर्ता ४२ र ९ वटा सम्बन्ध विच्छेद भएको थियो ।

वडामा मेलमिलापका लागि दर्ता भएका ९७ वटा विवादहरूमध्ये ५७ वटालाई सहमति तथा मेलमिलाप गराइ विवाद समाधान गरिएको छ । त्यस्तै सहमती हुन बाँकी ४० वटा रहेका छन् ।

शिक्षा र खेलकुद

मुक्ति आधारभूत विद्यालयको ४ कोठे भवन डिपिसी ढलान १९ लाख र लक्ष्मी माध्यमिक विद्यालयको ८ कोठे प्रशासनिक भवन १ करोड २० लाखमा सम्पन्न भएको छ । यस्तै मुक्ति आधारभूत विद्यालयको अधुरो भवन ५ लाखमा निर्माण सम्पन्न भएको थियो ।

विद्यालयहरूको नियमित अनुगमन गरिएको छ । आत्मरक्षाको लागि सामुदायिक विद्यालयमा टेक्वान्डो प्रशिक्षक व्यवस्था, सामुदायिक विद्यालयमा जीवन उपयोगी सिप शिक्षाका माध्यमबाट कक्षा सञ्चालन गरिएको छ ।

शिव शक्ति आधारभूत विद्यालय र मुक्ति आधारभूत विद्यालयमा फर्निचर व्यवस्था वडा कार्यालयले गरेको थियो । त्यस्तै शिव शक्ति आधारभूत विद्यालयमा विज्ञान सामाग्री सहयोग समेत वडा कार्यालयले गरेको हो । विभिन्न विद्यालयहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयमा भवनका लागि संघ प्रदेश र नगरपालिकामा रकम माग गरिएको छ ।

खेलकुदतर्फ वडामै रहेको खेलकूद मैदानमा एन्फाद्वारा २८ वर्षको अन्तरालमा पहिलो पटक ‘ए’ डिभिजन लिग सम्पन्न, दुई वटा गोल्ड कप भव्य रूपमा सम्पन्न, कम्युनिटि कोचिङ कोर्ष २०१८ सम्पन्न गरिएको थियो । आफ्नो वडामा भएका खेलकूद गतिविधिहरूलाई वडा कार्यालयले समेत आफूले सकेको सहयोग गरेको थियो ।

सिद्धि विनायक ग्रामिण सामुदायिक वनमा खुला जिमको लागि २० लाखको उपकरणहरू वडाले उपलब्ध गराएको थियो ।

सामाजिक तथा स्वास्थ्य

वडा कार्यालयले स्वास्थ्य प्रवद्र्वनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । वडामा रहेका महिलाहरू र जेष्ठ नागरिकहरूसँग वडाध्यक्ष कार्यक्रम सञ्चालन गरिएको थियो । उनका अनुसार नागरिकको स्वास्थ्य समस्या बुझ्न यो कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष कठायतले बताए । उनले यतिमात्र नभइ महिला बालबालिका अपांगता लक्षित सिपमुलक तालिम कार्यक्रम सबै गरेर ६० लाखमा सम्पन्न भइसकेको जानकारी
दिए । अपांगता भएका महिला उद्यमीलाई दुई थान मेसिन र सामाग्री प्रदान, मुढा बुनाइ तालिम २५ जना महिला, ब्यूटिसियन तालिम १२ जना महिला, बुटिक तालिम २५ जना महिला, १ सय ५५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा ब्लाकेट वितरण गर्नुका साथै निःशूल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ ।

कोहलपुर नगरपालिका हरित नगर अभियानमा १ घर दुई बिरुवा अभियान अन्तर्गत ३ हजार ५ सय बिरुवा रोपिएका छन् ।

प्राथमिकताका आधारमा विकासको 
हरि कठायत
वडाध्यक्ष
कोहलपुर न.पा. २

१. निर्वाचनको बेला जनताको घरदैंलोमा गरेका प्रतिबद्धता पूरा कसरी गर्दै हुनुहुन्छ ?

हामी २०७९ बैशाख ३० गते निर्वाचनमा होमिएका थियौं । देशभरको मत गणना समयमै भएपनि कोहलपुरमा केही कारणले ढिला मत गणना हुन गयो । त्यसैले हामीले अलि ढिला गरेर जेठ ९ गते मात्रै सपथग्रहण गरेका थियौं ।

नयाँ जनप्रतिनिधि भएकाले स्वागत तथा अनुभव बटुल्दै केही काम गरेर एक वर्ष बित्यो । अहिले दुई वर्षको अवधिमा हामीले जनतामाझ गरेका बाचा र प्रतिबद्धता सबै पूरा नभए पनि केही हदसम्म पूरा गर्न सफल भएका छौं । वडाका सिमित बजेट र स्रोत साधन रहने भएकाले त्यसैको सदुपयोग गरेर प्राथमिकताको आधारमा आधारभूत आवश्यकता पूरा गर्न लागिपरेका छौं ।

२. तपाईं निर्वाचित भएको पनि दुई वर्ष पूरा भइसक्यो । यो अवधिमा के कति काम गर्नु भयो ?

हामीले वडामा कुनै पनि विकासको काम गर्दा प्राथमिकताका आधारमा गर्ने गर्छौ । त्यसले गर्दा पनि हामीले निर्वाचनको बेला गरेका बाचा र जनताको आवश्यकता समेटिने गर्छन् । काम गर्न पनि सहज हुने गरेको छ । त्यस्तै बाटोघाटो, सडक, खानेपानी, नाली, विद्युत् लगायतका थुप्रैं काम गरेका छौं र अझैं पनि गर्दै छौं ।

म निर्वाचित हुनुभन्दा पहिला रत्न राजमार्गदेखि महेन्द्र राजमार्ग बर्दहवा सबैभन्दा पुरानो बाटोको स्तरोउन्नती नहुँदा वर्षेनी डुबानमा पर्ने गरेको थियो । अहिले स्तरोउन्नती गरेर त्यहाँको डुबानको समस्या अन्त्य गरेका छौं ।

पक्की नाली निर्माण र वडाको विभिन्न बाटोहरू स्तरोउन्नती ग¥र्यो । यो आर्थिक वर्षमा मात्रै संघ, प्रदेश र कोहलपुर नगरपालिका गरेर ९ करोड ३७ लाख ९२ हजार बराबरको बजेट वडामा भित्र्याएर ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी १० प्रतिशत काम बहुवर्षीय योजना अन्तर्गत रहेकाले दसैँभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।

३. आफ्नो वडाभित्र शिक्षा क्षेत्रलाई कसरी हेर्नु भएको छ ?

हामीले सामुदायिक विद्यालयहरूमा घोकन्ते शिक्षालाई अन्त्यगरी विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम, आत्मरक्षा कार्यक्रम, भवनको स्तरोउन्नती गर्ने काम गरेका छौं । साथै खेलकूदको लागि तेक्वाक्दो प्रशिक्षक नियुक्ति गरेर अहिले आत्मरक्षा र तेक्वाक्दोे सञ्चालन नियमित रूपमा काम भइरहेको छ । यति मात्रै नभइ टिनको छानोमुक्त अभियान नारामा मात्रै सिमित हुँदै आएको थियो ।

तर, हामी निर्वाचित भएर आएपछि टिनको छानोमुक्त अभियानलाई साँच्चिकै लागू गर्न लक्ष्मी माविमा पहिलो वर्ष ८ कोठे भवन निर्माण, शिवशक्तिमा भवन निर्माण र यसवर्ष पनि लक्ष्मी माविमा ८ कोठे प्रशासनिक भवन निर्माण गरेका छौं । मेरो कार्यकालमा टिनको छानोमुक्त विद्यालय बनाएर छाड्ने छुँ ।

४. वडाबासीलाई स्वास्थ्यको पहुँच पु¥याउनको लागि कसरी काम भइरहेको छ ?

नागरिकलाई स्वस्थ राख्न हामीले सकेसम्मको प्रयास गरेका छौं । जेष्ठ नागरिक अपाङ्गता भएका र असाहयहरूको लागि निःशूल्क स्वास्थ्य शिविर सञ्चालन ग¥र्यो ।

शितलहर चलेको समयमा जेष्ठ नागरिकलाई समस्या र कष्ट हुने भएकाले घरमैं पुगेर सम्मानसहित ब्लाङकेट वितरण गरेका थियौं । असाहय, जेष्ठ नागरिकहरूको आँखा शिविर, स्वास्थ्य शिविर लगायत सञ्चालन र अहिले पनि त्यस्तो कुनै समस्या भए घरमैं पुगेर चेकजाँच गर्ने गरेका
छौं ।

५. विद्युत र खानेपानीको समस्या समाधान गर्न वडाले के काम गरिरहेको छ ?

दुई नम्बर वडामा ट्रान्समिटर राम्रा नहुँदा लोड सेटिङ धेरै हुने गरेको थियो । हामी निर्वाचित भएर आएपछि ७ वटा ट्रान्समिटर नयाँ अर्थात् परिवर्तन गरेका छौं । अहिले केही राहत भएको छ । तर, अझैं अरु थप्नुपर्ने आवश्यकता रहेकोले क्रमशः थप्दै जान्छौं ।

साथै विद्युत्का पोलहरू काठका थिए अहिले विद्युत् पोलहरू प्रायः सिमेन्टका रहेका छन् । खानेपानीको पहिला समस्या थियो । पानी नआउने तर, बील मात्रै आउने र पैसा तिर्नुपर्ने बाध्यता अहिले अन्त्य भएको छ । साथै दिर्घकालिन रूपमा खानेपानीको समस्याको समाधानको लागि सबै तयारी रहेकोले छिट्टै काम सञ्चालन गर्छौ ।

६. पर्यापर्यटनको लागि के कस्ता काम र योजनाहरू बनाउनु भएको छ ?

दुई नम्बर वडामा पर्यापर्यटन भित्राउन पार्कहरू निर्माण गरिने छ । अहिले हामीले तत्काल सिद्धि बिनायक सामुदायिक वनमा खुला जिम बनाउन लागेका छौं । टेन्डर पनि भइसकेको छ ।

बाँके निकुञ्ज नजिकै रहेकाले कर्णाली, सुदूरपश्चिम प्रदेशको केन्द्र रहेकाले यस विषयको लागि संघ, प्रदेशसँग बजेटको लागि पहल गरेका छौं । योजनाहरू पनि बनाएका छौं ।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतबार