काठमाडौ, ७ मंसिर/  मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने नेपाल–भारतका सिमावर्ती क्षेत्रका नाका निर्वाचनलाई ध्यानमा राखेर आज रातिदेखि बन्द गरिने भएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन, आपराधिक गतिविधि नियन्त्रण गर्न र निर्वाचन हुनुअघि ७२ घन्टासम्म नेपाल भारत सीमा बन्द गर्न लागिएको हो ।

शान्तिपूर्ण निर्वाचनका लागि सीमापारिबाट हुने आपराधिक गतिविधिलाई सूक्ष्म तरिकाले निगरानी गरेर त्यस्ता समूहलाई निरुत्साहित गर्न तथा सीमावर्ती भारतीय क्षेत्रमा उच्च सरक्षा सतर्कता अपनाएर सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पार्ने सहमति समेत भएको छ ।

यसैबिच निर्वाचनलाई मध्यनजर नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती पनि शुरु गरेका छन् ।