कोहलपुर, ३ मंसिर/ आसन्न मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारकै क्रममा शनिबार कोहलपुर नगरपालिका–१२ र १५ मा वाम गठबन्धनका संयुक्त भेला सम्पन्न भएका छन् ।
भेलाले वाम गठबन्धनलाई विजयी गराउन सबै संगठनहरुलाई संयुक्त रुपमा परिचालन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै नेकपा एमाले सम्वद्ध नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र माओवादी केन्द्र सम्वद्ध अखिल नेपाल ट्रेड युनियनको सयुक्त भेलाले टिएन रावत संयोजक र बद्रीनाथ जैसी सह–संयोजक रहेको २१ सदस्यीय कमिटि गठन गरेको छ ।
त्यस्तै वाम गठबन्धनका वडा–वडामा वडा स्तरीय निर्वाचन परिचालन समितिहरु निर्माण गरी मतदाता घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ । शनिबार कोहलपुर नगरपालिका–८, ५, ३, १२ र १५ वडाहरुमा उम्मेदवार सहितको घरदैलो कार्यक्रम गरिएको बाँके क्षेत्र नं.१ ‘ख’ निर्वाचन परिचालन समितिका संयोजक अब्दुल हुसेन खाँ र सह–संयोजक तुलाराज विष्टले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्