मतदाता शिक्षाको समिक्षा बैठक



कोहलपुर, १९ असार / मतदाताहरुलाई मतदाता शिक्षा दिने उद्देश्यले बाँकेमासंचालन भएको मतदाता शिक्षाको समिक्षा बैठक आइतबार नेपालगन्जमा सम्पन्न भएको छ । यूएनडिपी, ईएसपी कार्यक्रमको सहयोगमा बासद्वारा संचालीत कार्यक्रम अन्तरगत परिचालीत मतदाता शिक्षा प्रशिक्षकहरुसँग समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तरगत बासले बाँके जिल्ला भरी ३०० बढी स्थानका दलित बस्तिमा गई मतदाता शिक्षाको बारेमा जानकारी गराई नमुना मतदान समेत गरिएको थियो । समिक्षा कार्यक्रममा सहभागी प्रशिक्षकहरुले मतदाता शिक्षा ग्रामिण भेगमा गई संचालन गर्दा आम मतदाताहरुले खुसी महसुस गरेको बताएका थिए ।
मतपत्रका बारेमा जानकारी समेत नभएको समुदायमा गएर शिक्षा दिईदा उनीहरु मतदान कसरी गर्ने बिषयमा प्रष्ट भएको बताएका थिए । निर्वाचन सहयोग कार्यक्रम अन्तरगत जिल्लामा सो कार्यक्रम संचालन गर्न २५ जना प्रशिक्षकहरु खटाईएका थिए । कार्यक्रमबाट ८ हजार बढी मतदातालाई शिक्षा प्रदान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ असार १९ गते सोमबार