कोहलपुर ।
देशभर चिसो बढेको छ । चिसो बढेसँगै जीवनयापन समेत असहज हुने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ । देशका अधिकांश स्थानमा शुक्रबार समेत बाक्लो कुहिरो तथा हुस्सु लागेको थियो ।
शाखाले भनेको छ, ‘हाल तराईको अधिकांश स्थानमा तथा पहाडको केहि स्थानमा कुईरो÷बाक्लो कुईरो लागेको छ र आगामी २, ३ दिन अझै देशका केहि स्थानमा कुईरो÷बाक्लो कुईरो लाग्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
हुस्सु तथा कुहिरोका कारण तापक्रम घट्ने भएकोले आवश्यक सतर्कता अपनाउन शाखाले अनुरोध गरेको हो ।
शाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भु–भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
त्यसैगरी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट प्रशस्त मात्रामा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जनाएको छ ।
शुक्रबार प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको थियो ।









प्रतिक्रिया दिनुहोस्