यहि ३ पुसमा हत्या गरिएको अवस्थामा मृत फेला परेका कैलालीका अरुण दासको शव आफन्तले बुझेका छन्। यसअघि हत्यामा संलग्नलाई पक्राउ गरेर यथाशीघ्र सार्वजनिक गर्नुपर्ने माग गर्दै आफन्तले शव उठाउन अस्वीकार गरेका थिए।
सोमबार मृतकका आफन्तहरुले राखेका माग सम्बोधन गर्ने सहमतिपछि हत्या भएको १० दिनपश्चात शव बुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग पीडित पक्षले राखेका थिए।
बीभत्स हत्या गरेको अवस्थामा फेला परेका जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव पोस्टमार्टमका लागि घटनास्थलबाट टीकापुर अस्पतालमा लगिएको थियो। तर आफन्तले विभिन्न माग राख्दै शव नबुझ्ने अडान राखेका थिए।
प्रकाशित मिति : २०७८ पुस १२ गते सोमबार










प्रतिक्रिया दिनुहोस्