काेहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी नरेन्द बुढाथोकीद्वारा आफ्नो जन्मदिनको अवसरमा क्याम्पसको परिसरमा बृक्षारोपन गरेका छन् ।
उनले क्याम्पसको परिसरमा धुपी, अमला, सिउडी र फुलहरुका विरुवा र अन्य विरुवा गरी १५ वटा विरुवाहरु बृक्षारोपन गरेका हुन् ।

यस्तै कोहलपुरमा रहेको बृद्धाश्रममा गरी फलफुल वितरण गरेका थिए भने नेपालगञ्ज मेडिकल कलेजमा गई रक्तदान समेत गरेका थिए ।

क्याम्पसका प्रमुख शिशिर कुमार शर्मा, क्याम्पसका प्रध्यापक ज्ञानेन्द्र शाही, अन्य विद्यार्थी संगठनका प्रतिनिधि र विद्यार्थीहरु समेतको उपस्थित रहेको थियो ।
प्रकाशित मिति : २०७७ कात्तिक १९ गते बुधबार









प्रतिक्रिया दिनुहोस्