नेपालगञ्ज ।
आइतबार बिहान भेरीको ल्यावमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइतबार बिहान बाँके नेपालगन्जका दुई र खजुराका एक गरी तीन जना पुरुष र भक्तपुर तथा बर्दियाका एकएक जना गरी पाँच जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ९ सय ८० जना पुगेको छ ।
प्रकाशित मिति : २०७७ कात्तिक ९ गते आइतबार









प्रतिक्रिया दिनुहोस्