27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले असक्त र विपन्न वृद्ध-वृद्धाहरुलाई न्यानो लुगा हस्तान्तरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस १९, २०७६  

बाँके ।

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन, युवा संगठन नेपाल बाँकेको आयोजनामा आज प्रतिबन्धलाई चिर्दै खजुरा गाउँपालिकामा असक्त र विपन्न वृद्ध-वृद्धाहरुलाई बिसहजार राशी बराबरको न्यानोलुगा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

संगठनका केन्द्रिय सदस्य तथा भेरी-कर्णाली ब्युरो संयोजक दीपको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष दिपेशले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी दीपले- दलाल सत्ताका कथित जनप्रतिनिधिहरुले कर र भ्रष्टाचार मार्फत जनतालाई चुस्ने काम गरेको तर जनतालाई न्युनतम सेवासुबिधाबाट बन्चित गराएको आरोप लगाउनु भयो ।

त्यस्तै वर्तमान व्यवस्था दलाल र लुटिखाने गिरोहहरुको अखाडा मात्र भएकाले नै राष्ट्रियता कमजोर मात्र होइन देशको अस्तित्व इतिहासकै खतरामा परेक बताउदै देशको रक्षा र जनताको सेवाका लागि युवा संगठन नेपालमा गोलबन्द भई दलालहरु विरुद्ध एकजुट हुन युवाहरुलाई अपिल समेत गर्नुभयो ।

संगठनका जिल्ला कोषाध्यक्ष रोशनको समेत उपस्थिती रहेको उक्त न्यानोलुगा वितरण कार्यक्रमले वृद्ध-वृद्धाहरुमा खुशी छाएको थियो ।

प्रकाशित मितिः शनिबार, पुस १९, २०७६     6:48:54 PM  |