टाट पल्टने अवस्थामा राराविजय, बचत फिर्ता गर्न आनाकानी



– नेपालगन्ज

बाँकेको कोहलपुरमा संचालनमा रहेको एक सहकारी संस्था टाट पल्टने अवस्थामा पुगेको छ । आफन्त भर्तिकेन्द्र बनेको रारा विजय बहुउद्धेश्यीय सहकारी संस्था डुब्ने खतरा बढ्दै गएको छ । नोवेल कोरोना भाईरस (कोभिड-१९) का कारण उत्पन्न परिस्थितीका बाबजुत बचतकर्तासँग नियमित रुपमा बचत संकलन गर्दै आएपनि सहकारीको कोष दिनानुदिन रित्तिदैं गएको संस्थाकै कर्मचारीहरु बताउँछन ।

सहकारीले बचत फिर्ता गर्न आउने बचतकर्ताहरुलाई बिभिन्न बाहनामा झुलाउने गरेको छ । बिगत दुई वर्षदेखी नियमित बचत गर्दै आएका कोहलपुर नगरपालिका ११ का एक बचतकर्ता गत आईतबार बचत फिर्ता गर्न सहकारी पुगेका थिए । कोरोनाका कारण ब्यापार ब्यवसायमा मन्दी छाएपछि आफुले जम्मा गरेको बचत फिर्ता गर्न सहकारी पुगेका उनि रित्तो हात घर फर्किए । दोस्रो दिन, तेस्रो दिन गर्दै हप्तादिनसम्म पनि सहकारीका कर्मचारीले बिभिन्न बाहाना बनाउँदै बचत फिर्ता गर्न आनाकानी गर्दै आएको उनको गुनासो छ ।

सहकारी ऐन २०७४ अनुसार एकाघरपरिवारका एक ब्यक्तिभन्दा बढि ब्यक्ति कुनैपनि सहकारीमा बस्न नपाईने अवस्था रहेको जिल्ला बहुउद्धेश्यीय सहकारी संघ बाँकेका अध्यक्ष बलबहादुर खड्काले बताए । तर बाँकेका कतिपय सहकारीले कानुनलाई उलङ्घन गरेर ब्यक्तिगत लाभका लागि सहकारीलाई प्रालिका रुपमा संचालन गरिरहेको खड्काले दावी गरे । उनले कानुनको वर्खिलाप संचालन भएका सहकारीहरुलाई अनुगमन गरेर विषयगत रुपमा कारवाहीकालागि सिफारीस गरीने जानकारी दिए ।

यस विषयमा रारा बहुउद्धेश्यीय सहकारी संस्थाका जिम्मेवार पदाधिकारीसँग प्रतिक्रिया लिन खोज्दा टेलिफोन सम्पर्क हुन सकेन ।

आफन्त भर्तिकेन्द्र बन्दै सहकारी

सामान्यतया सहकारीमा एकै घरपरिवारका एक वा एकभन्दा बढि ब्यक्ति सदस्य/कर्मचारी बस्न नपाउने नियम छ । यद्यपी राराविजयको हकमा भने यो नियम लागु भएको छैन । सहकारीको संचालक समिति, ब्यवस्थाक देखि लेखाफाँटसम्म एउटै परिवारका सदस्यहरुले कब्जा जमाएका छन । स्थापनाकालदेखी सहकारीको ब्यवस्थापका रुपमा हालिमुहाली गर्दै आएका दिपक राईले आफ्नै दिदि, भिनाजु, भान्जी र श्रीमतीसम्मलाई सहकारीका बिभिन्न फाँटको जिम्मेवारीमा राखेर सहकारी आफु अनुकुल संचालन गर्दै आएका छन ।

पछिल्लो समय सहकारीकै नामबाट राईले आफ्नो श्रीमतीकालागि ब्युटिक समेत समेत संचालन गरीदिएका छन । यसका अलावा ब्यक्तिगत प्रयोजन, घरजग्गा कारोबारमा समेत सहकारीको रकम दुरुपयोग गर्दै आएका राईले बचत फिर्ता लिन आउने बचतकर्ताहरुलाई भने रित्तो हात फर्काउने गरेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रबार