कोहलपुर :
बाँकेमा तीनदिने निषेधाज्ञा सुरु भएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित बढ्न थालेपछि तीन दिन निषेधाज्ञा गरिएको हो । 
बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति बैठकले आ आइतबार देखि म्रगलबार सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
सोही निर्णणको आधारमा शनिबार राती १२ बजेदेखि मंगलबार राती सम्मका लागि जिल्लाभर गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङका अनुसार लकडाउन पछि जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि निषेधाज्ञा लगाउनुपर्ने अवस्था आएको कुरुम्वाङले बताए । निशेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।
त्यस अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला ब्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा मात्र संचालन गर्न पाइने छ ।
त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कुटनितिक सवारी, लामो दुरीका मालबहाक गाडी र सवारी अनुमती ९पास० भएका गाडीहरु मात्र संचालन गर्न दिइने भएको छ ।
सार्वजनिक गाडी र ब्यवसाय संचालनमा रोक भने रोक लगाइएको छ । नियम पालना गर्न सम्पुर्ण सर्वसाधारणलाई आग्रह गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्