सुमित्रा न्यौपाने
तीजको चहलपहल छ, बजारमा । महिलाहरू रातै भएर निस्केका छन् । अनुहारमा चमक छ । खुसी छन् । रमाएका छन् । नाचेका छन् । सामाजिक सञ्जाल पनि रातै छ । यही रातो मन नपराउनेको भिड पनि उत्तिकै सल्बलाएको देखिएको छ । हाँसेको र रमाएको देख्न नचाहने ठुलो हिस्सा यही समुदायमा छ । महिलाको प्रशंसा गरेजस्तै गरी अपमान गर्नेहरू तमाम भेटिने गरेका छन् । मामालाई स्कुल पठाउने मेरो मामाघरले मेरो आमालाई पढाउन जरुरी ठानेन । छोरालाई चण्डी, कौमुदी, व्याकरण पढाउने परिवारले महिलालाई अक्षर चिनाउने प्रयत्न पनि गरेन । अभैm पढाउनुपर्छ भन्ने सम्झना पनि भएन । अर्काको घर जाने जात भनेर हेपिने गरेका महिलाहरू सयाँै वर्षसम्म पर्दा पछाडि बसे ।
आपूm अपमानित हुँदै पुरुषको पठनपाठन र गृहस्थीमा सघाए । महिलाले घरमा गरेको योगदानको हिसाबकिताब कहिल्यै भएन । घरमा पालिने गाईभैँसीका लागि सबेरै उठेर कुँडो पानी गर्ने, भकारोको गोबर सोहोर्ने, जङ्गल पुगेर घाँस काट्ने महिला भएपनि गाई भैँसी बेचेको पैसा बुझ्ने पुरुषहरू भए । भैँसी बेचेको पुच्छरेको नाममा पाँच दश रुपैँया हातमा थमाइदिएर महिलालाई फुरुक्क पारे । पुरुषसँग काँधमा काँध जोडेर खेती गर्ने र बाली भित्राउने महिला भएपनि धान बेचेर पैसा कुम्ल्याउने पुरुषहरू भए । तिनै पुरुषले आम्दानीको केही हिस्सा महिलाको नाममा खर्च गर्न कहिल्यै चाहेनन् । वर्षको एक जोर कपडा दिन पनि हात कपाए । आपूm सभा सम्मेलनमा जान दौरा सुरुवाल सिलाउने पुरुषले महिलालाई सँगै लैजानु त परै जाओस् एकसरो सारी चोलो दिन पनि हिच्किचाए । त्यही पुरुषवादी सोच अहिले पनि हाबी छ ।
समाजले चाहेको के हो ? हिजोजस्तै पुरुषहरूको पिटाइ, घर परिवारको हेपाइ र धम्क्याइ खानुपर्ने हो ? श्रीमान्लाई भगवानको दर्जामा राखी दिनभर भोकै बसेर खुट्टा धोएर जल खानुपर्ने हो ? समाज, धर्म, संस्कृति र रीतिरिवाजको निरन्तरता दिँदै मन लागेका महिलाले गरेकै छन् । मन लागेकाले गर्ने हो । कसैले रोकेको छैन । धर्म र संस्कारको नाममा अति गर्न त कहाँ सकिन्छ र ? खुट्टा ढोग्न लागेका श्रीमतीलाई लात्तीले हानेर हुत्याएको पनि यीनै आँखाले देखेका छन् । अहिलेका महिलाहरू पनि हिजो जस्तै अपमान सहेर बस्नुपर्ने हो ? दासी भएर चुपचाप सबै सहनुपर्ने हो ? मान्छे मन नपराउन पाइन्छ तर मन परेन भन्दैमा जे पायो त्यही बोल्न कहाँ पाइन्छ ? भन्न कहाँ पाइन्छ ? जथाभावी लेख्न कहाँ पाइन्छ ? विचारका नाममा विचार लाद्न कहाँ पाइन्छ ।
बाबु आमा मर्दा छोरीलाई किरिया गर्न नदिने समुदाय पनि यही हो । छोराछोरी बराबर हुन् भनेर ढोल पिट्नेहरूले नै छोरीलाई छोरासरह किरिया बस्न दिँदैनन् । छोरीले आफ्नो पैत्रिक कर्म पूरा गर्छु भन्दा अवरोध गर्दछन् । आधुनिक भनाउँदो समाजका छोरा नभएका परिवारमा भाडामा आफन्त खोजेर किरिया बसालिन्छ तर छोरीलाई दिइँदैन । छोरीले बाबुको किरिया आपैmँ गर्न खोज्दा सामाजिक बहिष्कार गर्ने धम्की दिन्छन् समाजका कथित बुद्धिजीवी र धार्मिक ठेकेदारहरूले । पण्डितहरू तर्किन्छन् । तरपनि बहसको विषय बन्दैन । यस्तो अपमान चुपचाप कहिलेसम्म सहनुपर्ने हो ? यो विभेद कहिलेसम्म रहने हो ? यस्तो समुदायका सदस्यबाट कति आश गर्न मिल्ने हो महिलाले ?
श्रीमती मर्दा श्रीमान् मलामी नजाने समुदायका महिला हौँ हामी ।
श्रीमती मर्दा मलामी जाने र किरिया गर्ने पुरुषले दोस्रो बिहे गर्न पाइँदैन भनेर अन्तिम श्रद्धाञ्जली दिनसमेत नपठाउने समुदायबाट हामीले अरु के आश गर्नु ? पुरुषको दोस्रो बिहेमा बाजा बजाउने समाजले महिलाको दोस्रो बिहेमा ओठ लेप्राउँछ । हामी उठ्न त्यति सजिलो कहाँ छ र ? त्यो स्कुलिङबाट बाहिर आउन अभैm कति वर्ष कुर्नु पर्ने हो ? श्रीमान् मरेपछि रातो बार्नुपर्छ भन्ने समुदायमा हामी अहिले पनि छौँ । कति एकल महिला दिदीबहिनीहरू हिम्मत गरेर रातो लगाउनु भएको छ । चुरा पोते र सिन्दूर बार्नु भएको छैन । तर, उहाँहरु त्यो अवस्थामा पुग्न कम्ती संघर्ष गर्नु भएको होइन । सजिलो देखिएको मात्र हो देख्नेलाई । भोग्नेलाई निकै गाह्रो छ । आमाले लगाइदिएको रातो रोक्ने र श्रीमान्ले दिएको उपहार श्रीमान्कै चितामा चढाएर सेतो लगाउन बाध्य पार्ने समुदायबाट धेरै आश गर्नु बेकार छ ।
अहिले तीजको प्रसंग छ, जताजतै । महिलाहरूले होटलमा दर खाए भनेर रोइलो पो भेटिन्छ, सामाजिक सञ्जालमा । घरमा दर खानका लागि खाना तयार तपाईँहरूले गरिदिने हो ? महिलाले अनेक कामबाट कटौती गरेको समय दर पकाउन खर्चिनु कि नाच्नु रमाउनु ? महिलालाई घरमा कति फुर्सद भएको देख्नु भएको छ र ? घरमा पकाएर खानु नि मिठो मसिनो रे ? पकाएर मात्र हुन्छ ? त्यसपछिको काम कसले गरिदिन्छ ? आफैँ पकाउ, खुवाउ, खाउ, सरसफाइ गर अनि थकाइ लाग्छ आराम छैन अर्को काम सुरु गरिहाल । यही होइन र महिलाको चाडपर्वको अवस्था ? अनि मनोरञ्जन कति बेला लिनु ? कतिबेला रमाइलो गर्नु ?
सारी नयाँ नयाँ फेरे रे दरमा ? हिजो जस्तै वर्षमा एकपटक सारी दिएर तुनतान पारेर कपडा लगाएका महिलाले आफ्नो कमाइको केही अंश बचाएर सारी किनेर लगाए । के बिग्रियो त ? के महिला वर्षभरि एउटै सारीमा टङ्गिनुपर्ने हो ? कि पहिलेजस्तो झुत्रेझाम्रे भएर हिँड्नु पर्ने हो ? महिलाले कमाए अनि रमाए भनेर बुझेपनि हुने हो । पहिले जस्तो सारीमा विभेद देखिएन, यसपटक । तीजको अवसरमा सस्ता सारी लगाउनेहरू ब्रगेल्ती भेटिए । पहिले महँगो सारी लगाउनेहरूसँग कुम जोडेर नाच्न नसक्ने महिलाहरूले सँगै बसेर समान हैसियतमा तीज मनाए । यसमा त खुसी हुनुपर्ने हो ? रुनुपर्ने के नै छ र ? आपूmले संस्था समूहमा बचत गरेको रकमको केही अंश महिलाले खर्च गर्न खोजेपनि पहाडै खस्न खोजेजस्तो गर्दछन् । जागिरे महिलाले लाए खाएको हेर्नै सक्दैनन् । कस्तो चरित्र हो ? चाहेको के हो ? आपैmँ कमाए आपैmँ रमाए भन्ने सोच्ने हो भने त यस्तो पीडा नहुनु पर्ने हो ?
होटलमा गएर दरको सट्टा दारु पिए रे महिलाले । होटलमा दारु मात्र पाइन्छ ? सबै महिलाले दारु नै पिए होलान् त होटलमा ? को–को ले पिए ? दर खान पुगेका सबै महिलाले दारु पिए त ? दारु पिउन कै लागि होटल पुगेका हुन् त उनीहरू ? अहिलेको समाजमा कति महिला छन् दारु पिउने ? दारु पिउनेलाई तीज आउन पर्दैन जतिबेला पनि भट्टी पसिहाल्छन् । होटलमा गएर तीज मनाउनुपर्छ भन्ने वकालतमा यो लेख लेखिएको हुँदै होइन तर सधैँजसो होटलमा जाने र रातको बाह्र बजेसम्म बसेर रक्सी पिउने पुरुषहरुले नै महिलाहरुको अपमान गरेको देखियो । नखानेहरूले जहाँ गएपनि खाने आफूले खान मिल्ने खाना नै खाने हो । खानेलाई कहिले र कसले छेक्न सकेको छ र ? पिउनेले पिएकै छन् । अपमानको पनि हद हुन्छ नि ।
एक महिनासम्म दर खाए रे ? वर्षभरि काममा जोतिने महिलाहरुले दुईचार वटा दर कार्यक्रममा सहभागी भए भन्दैमा बजारभरि खाएका दरको जिम्मा सबै महिलाले लिनुपर्ने हो ? बजारमा आधा महिना चलेको दर कार्यक्रममा सबै महिलालाई निम्तो हुन्छ कि फरकफरक महिलालाई ? सबैलाई सबैले बोलाउने र खुवाउने भए त महिलालाई हेर्ने र सम्मान गर्ने नजर नै फरक भैहाल्थ्यो । दर कार्यक्रम धेरै भए होलान् तर सहभागी त फरक फरक थिए होलान् नि ? कि सबै महिला सबै दरमा उपस्थित भए ? नक्कली गरगहनामा लगानी गरेर पैसा रित्याए रे ? के गरुन् त महिलाले ? आफैँ कमाएर सुन किन्न सक्ने हैसियत भएका महिलाको सङ्ख्या कति छ नेपालमा ? कति हात थाप्नु परिवारसँग ? फेरि हात थाप्दैमा पाइने पनि होइन । रहर मेट्न बजारमा सजिलै पाइने गरगहना सस्तोमा किने । फेरी ती गहना स्टोर गर्न मिल्छ । जतिपटक जुन कार्यक्रममा पनि लगाउन पाइन्छ । एकपटक किनेर ल्याएका गहना महिलाले पटकपटक लगाए ।
के बिग्रियो त ? श्रृङ्गारमा गहना महत्वपूर्ण होइन र ? देवीदेवतालाई गहनाले सजाइन्छ भन्नेपनि तपाईँ अनि महिलालाई देवी भन्ने पनि तपाईँहरू नै होइन र ? सित्तैमा किन टाउको दुखाउनु ? दर खाने दिनमा मात्र दर खानु रे । तपाईँ हाम्रा घरका दिदीबहिनीलाई दर पकाएर खुवाउने पनि महिला होइनन् र ? के तपाईँ पकाएर खुवाउनु हुन्छ ? आफन्तको घरमा दर खान जानु, आफ्नो घरका चेलीबेटीलाई दर खुवाउनु, वर्षभरि सँगसँगै काम गर्ने आफ्नो अफिसका साथीहरूसँग तीज मनाउनु, मन मिल्ने साथीहरूसँग रमाइलो गर्नु, आफ्नो माइती जानु । यी सबै एकै दिनमा गर्न सकिन्छ र ? दर खाने दिनमा सम्भव छ यो सबै गर्न ? दर खान भनेर दर कार्यक्रम राखेर महिला दिदीबहिनीलाई बोलाउने को ? फेरि महिलाले दिनदिनै दर खाए भनेर कुरा काट्ने को ? सबै चिजको बन्दोबस्त गरेर बोलाएपछि अपमान गर्ने पनि को हो ? कुरो प्रष्ट बुझिन्छ त ।
दर एउटा बहाना मात्र हो । यहाँ आफ्ना विचार व्यक्त गर्न, प्रतिभा प्रस्फुटन गर्न र रमाइलो गर्न जम्मा हुन्छन्, महिलाहरू । अहिले सीमित महिलाबाहेक धेरै महिला घरमा मिठो चोखो खान सक्ने भएका छन् । खानका लागि मात्र उनीहरू यस्ता कार्यक्रममा गएका पक्कै होइनन् । उनीहरू एकअर्कामा खुसी हुन र रमाइलो अनुभव साटासाट गर्न जम्मा भएका हुन् । महिला घरबाट बाहिर निस्किएको हेर्न चाहँदैन यो समाज । यस्तो जमघटलाई कहिले बुझ्ने हो हाम्रो समाजले ? महिलालाई चुलो चौकोमा सीमित राख्नुपर्छ भन्ने मान्यता राख्ने समुदायबाट कति अपेक्षा गर्नु र? महिलाको स्वतन्त्रता हनन् गर्ने अधिकार कसैलाई छैन । हिजो पिल्सिएको वर्ग हो, महिला ।
वर्षभरि घरमा प्रताडना सहेर वर्षमा एकपटक माइत गएर पीडा पोख्ने पर्व तीज थियोे महिलाको । दोस्रो दर्जाका मानिस भएर सदियौँ बाँचेका हुन्, महिलाहरू । सुकिला मुकिला बनेर घर बाहिर निस्केको धेरै भएको छैन । महिलाहरूले घर अफिस, आफन्त एकैसाथ सम्हाल्न थालेको धेरै भएको छैन । महिलालाई अब थोरै रमाउन दिउँ । बचेको समयमा खुसी हुन दिउँ । दबाबको बन्धनबाट बाहिर निस्कन सहयोग गरौँ । घरभन्दा केही पर पु¥याएर संसार हेर्न सघाऔँ । अनि बल्ल घरको चार दिवारभन्दा पर पनि मेरो दुनियाँ छ भनेर महिला अगाडि सर्लान्, लाज, संकोच र निरिहता छोडेर कामको दुनियाँलाई प्रवेश गर्लान् । महिला सक्षम भए सुखी हुने परिवार नै हो । खुसी बाँड्ने समाज नै हो । समृद्ध हुने राष्ट्र नै हो ।
फेसबुक, टिकटक आदिमा फोटो, भिडिओ पोस्ट्याएकोमा पनि गुनासो छ । आफ्नो सम्झनाका लागि आफ्नो व्यक्तिगत वालमा फोटो भिडिओ सुरक्षित गर्नु महिलाहरूको अधिकार होलानी । हेर्न मन लागे हे¥यो नत्र अगाडि बढ्यो गरे भैहाल्यो नि । कति खोजीनीति गर्नु अरुको ? चित्त नबुझेपछि अरुले के लगायो ? के खायो ? कस्तो नाच्यो भनेर किन हेर्नु ? आफ्नो सामाजिक सञ्जाल संयमित भएर चलाउनु सबैको अधिकार हो । मन लागे हेर्नु मन नलागे नहेर्नु । आफ्नो मर्जी । बालबच्चा हुर्काउनु, उनीहरुको खानपान, स्कुल, गृहकार्य सबैमा अल्झिनु, घरधन्दा सक्नु, परिवार र आफन्त रिझाउनु र सँगसँगै पुरुषसँग सहकार्य गर्न सक्षम बन्नु मजाक होइन नि । भोग्नेलाई थाहा हुन्छ । महिलालाई हिजो जस्तै कमजोर सम्झनु गलत हुन सक्छ । महिलाले अहिले सबै तालमेल मिलाएकै छन् ।
घरपरिवार खुसी छ भने बाहिरबाट फतरफतर गर्नुको अर्थ छैन । श्रीमान् र श्रीमती खुसी छन् भने तेरी श्रीमती यस्ती उस्ती भनेर बाहिरबाट उनीहरूको सम्बन्ध किन धमिल्याइदिनु ? हामीले कसैको विरोध गरेका छैनौँ । पुरुषहरू कहाँ गए ? किन गए ? के गरे ? भनेर कहिल्यै पनि प्रश्न गरेका छैनौँ । तर महिला घर छोड्दा अहिलेपनि कहाँ जाने ? को सँग जाने ? किन जाने ? भनेर बताएर गएका छौँ । यही हाम्रो अनुशासन हो । यही हो हाम्रो बढप्पन । रक्सीबिना उभिन नसक्ने पुरुषले पनि घरका महिलालाई हेप्न दबाउन पछाडि पर्दैनन् । जिब्रोबाट बोली फुट्दैन तर श्रीमतीलाई पख् मलाई उठ्न त दे अनि… भनेर गाली गरिरहन्छन् । यस्तो थिचोमिचो सहेर पनि महिला बसेका छन् समाजमा । देखिएकै छ । यस्तो बेलामा पनि पुरुषकै पक्षमा वकालत गरिन्छ । सहनुपर्छ भनेर सिकाइन्छ । ‘सहनेका सय बुद्धि कहनेका गए बुद्धि’ भन्ने उखान सुनाइन्छ ।
आफ्नो लाज हुने डरले सम्भ्रान्त परिवारका धेरै महिलाहरू अभैmपनि हिंसा सहन बाध्य छन् । उनीहरू बोल्न चाहँदैनन् । डराउँछन् समुदायसँग । सहन्छन् पृथ्वी बनेर । पीडाहरू थुपारेर राख्छन्, आकाशजस्तो छाती बनाएर । त्यसैले उनीहरूमाथि हिंसा, कुटपिट पटकपटक हुन्छ । सकुञ्जेल हो सहने । धेरै भरिएपछि ताल पनि विस्फोट हुन्छ । सहनुको पनि त सीमा हुने होला ? सबैको धैर्यताको बाँध विष्फोटन हुने दिन नजिकै भयो भने ? के होला त्यसपछि ? अहिले देखिएको सन्तुलित समाजको हालत के होला ? पुरुषहरूको लाज कसरी छोपिएला त्यतिबेला ?
विकृति रोक्नु र स्वतन्त्रता हनन् गर्नु नितान्त फरक कुरा हुन् । तीजमा विकृति भित्रिएको छ । यसलाई हामीले नै हटाउनुपर्छ । तर, महिलाको हरेक कामको चियोचर्चाे गरेर खुइल्याउन तिर लाग्नु भनेको आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्नु हो । महिला पुरुष सँगसँगै हिड्न सिकौँ । एकले अर्कोलाई पछि पारेर होइन । कामकाजी महिलालाई समय निकाल्न निकै गाह्रो छ । सकस छ । तरपनि आलोचना चाहिँ सुनिरहनु पर्छ सधैँ ।
सबैलाई स्वतन्त्र भएर बाँच्ने रहर छ बाँच्न दिउँ । समस्या भए घरमा बसेर सुल्झाउँ । यसरी छताछुल्ल हुने गरी अर्काको इज्जत नफालिदउँ । हामी एकअर्काको परिपूरक हौँ । पुरुष महिला सँगसँगै नभए न त घरबार चल्छ न त सृष्टि नै । त्यसैले जति सकिन्छ रमाउँ । जसरी सकिन्छ रमाउँ । संयमित बनौँ । इमान्दार बनौँ एकअर्कासँग । माया गरौँ एकआपसमा । कर्तव्य पूरा गरौँ । आफ्नो अधिकारको निस्फिक्री प्रयोग गरौँ ।
हामी पछाडि परेका होइनौँ, पारिएका हाँै । अर्काको घर जाने जात भनेर नपढाउने हाम्रो पुस्तालाई धिक्कारेर मात्र भएन । हिजो चेतना कमजोर थियो होला । आज चेतनास्तर बढ्दै गएको छ । हामी आर्थिक रुपले कमजोर भएर हेपिएका हाँै । हाम्रो हातमा लगानी र सीप नहुँदा पछाडि परेका हाँै । आफ्नो खुट्टामा आपैmँ उभिने प्रयास गरौँ । ठुलो सानो नभनेर काम गरौँ । आम्दानी गर्ने अवसर खोजौँ ।
धेरै थोरै कमाउने प्रयत्न गरौँ । अप्ठेरो नपर्दासम्म अरुसँग हात नथापौँ । हामीले हिजो हात थाप्नु परेको हुनाले थिचोमिचो र हेपाइ सहनु परेको हो। अहिले समय र शिक्षाले धेरै कुरा सिकाएको छ । अगाडि बढाउने अनेक प्रयत्नहरू भएका छन् । होस्टेमा हैसे गर्ने तमाम हातहरू छन् । आपूm एक कदम अगाडि बढ्ने प्रयास गराँै । अरूलाई कुरा काट्ने अवसर नदिउँ । ऋण खोजेर कुनै पनि पर्व नमनाऔँ । भड्किलो नबनौँ । अतिवादी बनेर होइन सहयात्री बनेर अगाडि बढाँै । खर्च गर्ने नाममा आफ्नो क्षमताभन्दा बाहिर गएर पर्व नमनाउँ । खर्च गरेर होइन हामी साथमा बसेर रमाउन सकिन्छ । म चाहान्छु महिलाहरू महिला भएर बाँच । महिला कमजोर हुन्छन् भन्ने भाष्यलाई गलत बनाऔँ । नारी हुनुको सौन्दर्य बुझौँ । हामी श्रीमान् र परिवारका लागि मात्र नभएर आफ्नो लागि पनि बाँचौँ । आपूmलाई माया गरौँ । परिवारलाई सम्मान गरौँ । सकेसम्म सबैलाई हिम्मत, हौसला र आँट दिउँ । हामी मानिस हुनुको औचित्य पुष्टि गरौँ । हामीले समाजबाट मात्र होइन समाजले हामीबाट पनि आश गरोस् ।









प्रतिक्रिया दिनुहोस्