यामाहाको पहिलो ‘लखपति’ बने मगर



कोहलपुर। 

असोज ६ गते देखी आयोजना भईरहेको ‘यामाहा एक्सचेन्ज अफर’को पहिलो लखपति टेक बहादुर पुनमगर बनेका छन् ।

कोहलपुर इलाका प्रहरी कार्यालयमा कार्यरत पुनमगरले एक लाखको अफर प्राप्त गरेका हुन् ।

यामाहाको आधिकारिक बिक्रेता श्रेष्ठ ट्रेड हब कोहलपुरले पुन मगरल यामाहा लक्की ड्र एक लाख प्राप्त गरेको जनाएको छ ।

बिहिबार एक समारोहका बीच कोहलपुर नगरपालिका वडा नम्बर ११, का अध्यक्ष कर्ण बहादुर थापाले एक लाखको चेक हस्तान्त्रण गरेका थिए ।

श्रेष्ठ ट्रेड हबका प्रोपाईटर प्रसन्न श्रेष्ठका अनुसार यामाहाको एक्सचेन्ज सफरमा ग्राहकहरुको आकर्षण बढ्दै गएको छ ।

विभिन्न अफर अनुसार यामाहा लक्की ड्र पहिलो पटक पुनमगरलाई परेको उनले जानकारी दिए ।

ग्राहकहरुको सेवाको लागि असोज ६ गतेबाट सञ्चालन भएको यमाहा एक्सचेन्ज अफर असोज १३ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : २०७६ असोज ९ गते बिहीबार