कोहलपुर :
बाँकेमा एकैदिन ३० जनामा कोरोना संंक्रमण देखिएपछि कोरोना परिक्षणको दायरा बढाउनु पर्ने माग गरिएको छ ।
समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि स्थिति नाजुक भन्दै गएको भन्दै नेपागञ्जमा युवाहरुको एक समूहले एक घर एक पीसीआरको माग गर्दै पर्दशन गरेका हुन् ।
बिहिबार धम्बोझी चोकमा जम्मा भएका युवाहरुले विभिन्न प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
‘एक घर एक पिसिआर, खोई सरकार ’, ‘एक घर, एकजना पिसिआर टेष्ट गर’ लगाएतका नारा लगाएका हुन् ।
नेपालगञ्ज ग्यालरीका संचालक समिरमान श्रेष्ठले नेपालगञ्जमा समुदायमा कोरोना देखिएको भन्दै समेत हुन सरकारलाई दबाव दिनको लागि प्रदर्शन गरिएको बताए । उनका अनुसार सामाजिक दूरी कायम राखेरै शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।
प्रकाशित मिति : २०७७ साउन १५ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्