30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बीस हजार भेडा बाख्रालाई पीपीआर खोप लगाइँदै

यानबी साहु
प्रकाशित मितिः मङ्लबार, चैत्र ४, २०७६  

कोहलपुर/   बाँकेको कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुमा पीपीआर विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । पशु चौपायाहरुमा महामारी फैलिन नदिन नगरपालिका सबै वडाहरुमा चैत १ गतेदेखि नै खोप कार्यक्रम सञ्चालन गरिररहेको छ । नगर पशु सेवा शाखाको आयोजनामा नगरपालिकाका १५ वटै वडाका करिब बीस हजार बढी भेडा बाख्राहरुलाई पीपीआर विरुद्धको खोप लगाइने भएको छ ।खोप कार्यक्रम अन्तर्गत चैत १ गते पहिलो दिन वडा नं.१ का कौशिालानगर र फुलबारी टोलमा सञ्चालन गरिएको थियो भने दोस्रो दिन चैत २ गते वडा नं.२ का विकासनगर, शक्तिनगर, तिनघरुवा, बर्दहवा, पुष्पनगर र फरेलामा कार्यक्रम सञ्चालन गरिएको नगर पशु सेवा शाखा प्रमुख गोबिन्द बहादुर रोकायले जानकारी दिए । यस्तै ३ गते सोमबार वडा नं.३ का मैटहवा, बेलनपुर, गोहवा र मदनचोकका किसानका भेडा बाख्रालाई खोप लगाइएको छ ।सोमबार वडा नं.१ देखि ३ सम्मका १ हजार ८ सय बढी भेडा बाख्रालाई खोप लगाइएको उनले बताए । पशु सेवा शाखा प्रमुख रोकायका अनुसार चैत ४ गते वडा नं.४ का लागि ३ गते भएकै स्थानमा कार्यक्रम सञ्चालन गरिने भएको छ । ५ गते वडा नं.५ का पृथ्वीनगर, आयामनगर, दुर्गा मन्दिर, प्रगतिनगर र शान्तिनगर, ६ गते वडा नं.६ का रझेना गाँउ र नमुनानगर , ७ गते वडा नं.७ का लखना, रजगडवा र सल्यानीटोल, ८ गते वडा नं.८ हवल्दारपुर, पिपरी, भवानीपुर, सरस्वती चोक र झरकट्टी, ९ गते वडा नं.९ काझण्डवा र भवानीपुरमा कार्यक्रम सञ्चालन गरिने छ ।त्यसैगरी १० गते वडा नं.१० का चटार, एकतानगर र विद्यानगर, ११ गते वडा नं.११ का नगर पशु सेवा केन्द्र, १२ गते वडा नं.१२ का चप्परगौडी, मसुरीखेत र रामजानकी टोल, १३ गते वडा नं.१३ का खड्कवार, सिम्री, भरैया र सिरहा, १४ गते वडा नं.१४ का हवल्दारपुर, उढारपुर, बैजनाथपुर र पार्वतीपुर र १५ गते वडा नं.१५ का चौधरिया, पर्सेनीपुर, चन्हवा र अकलघरुवा खोप कार्यक्रम सञ्चालन गरिने नगर पशु सेवा शाखाले जनाएको छ ।

खोप लगाई सकिएका वडाहरुमा मंगलबार (आज) अनुगमन गरिने भएको छ । त्यसका साथै पीपीआरको खोप कार्यक्रम सकिएलगत्तै चैत १६ देखि ३० गतेसम्म स्वाइन फिवर खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसपछि आगामी बैशाख १ गतेदेखि १५ गतेसम्म खोरत र १६ देखि ३० गतेसम्म भ्यागुते र चरचरेको खोप कार्यक्रम सञ्चालन गरिने कार्यतालिका रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ४, २०७६     11:18:29 AM  |