कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेको कौशिल्या अस्पताल प्रा.लि.को चौथो वार्षिककोत्सव तथा स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
स्थापना दिवसको अवसरमा बिरामी फलफूल वितरण, विपन्न विद्यार्थीहरुलाई स्टेशनरी वितरण तथा सामाजिक र शिक्षाको क्षेत्रमा काम गर्नेहरुलाई सम्मान गर्दै स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको अवसरमा अस्पतालमा उपचार गराइरहेका १५ जना बिरामीलाई कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले फलफूल वितरण गरेका थिए ।
उक्त अवसरमा बोल्दै अस्पतालका प्र्रबन्ध निर्देशक राम न्यौपानेले बाँकेका विभिन्न क्षेत्रमा गुणस्तरीय स्वास्थ्य प्रदान गर्दै आएको बताए ।
न्यौपानेले नाफामुखी मात्रै नभइ सेवामुखी हिसाबमा समेत अस्पताल अघि बढेको बताए ।
उनका अनुसार अस्पतालको भावि योजना आगामी पाँच वर्षभित्र ट्रमा सेन्टरको रुपमा कौशिल्यालाई विकास गर्ने हो ।









प्रतिक्रिया दिनुहोस्